Logo

सरकारमा जाने हल्ला निराधार हो : उपेन्द्र यादव



काठमाडौं, २३ असार। संघीय समाजवादी फोरम नेपालले पार्टी तत्काल सरकारमा सहभागी हुने हल्ला निराधार भएको जनाएको छ ।

पार्टीले बिहीबार विज्ञप्ति जारी गरी सरकारमा जाने वा नजाने कार्यसूचीबारे पार्टीमा आधिकारिक निर्णय र सामान्य छलफलसमेत नभएको स्पस्ट गरेको छ ।

‘चुनाव हुनै नदिइ मधेसलाई अस्थिर बनाइराख्ने प्रतिगामी तत्वहरुको षड्यन्त्रलाई परास्त गर्न जित वा हारको पर्वाह नगरी पार्टी चुनावमा होमिएको’ केन्द्रीय सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पार्टीले परिमार्जनसहित संविधान संशोधन गरी मधेसी, आदिवासी जनजाति, थारु, उत्पीडितलगायत अल्पसंख्यक समुदायको माग सम्बोधन गरी अधिकार सुनिश्चितताका लागि सदाझैं प्रतिबद्ध रहने जनाएको छ । रासस

 



प्रतिक्रिया दिनुहोस्