Logo

मनमोहन अस्पतालको मृगौला काण्ड संसदमा प्रवेश



काठमाडौं, २३ असार । व्यवस्थापिका–संसदको आजको बैठकमा प्रस्तावित मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालले अस्पतालमा उपचाररत विरामीको मृर्गौला निकालेको भन्ने विषयमा आज सांसदहरुले कुरा उठाएका छन् ।

व्यवस्थापिका–संसदको शुक्रबारको बैठकमा नेपाली कांग्रेस र नेकपा माओवादीका सांसदहरुले अस्पतालले विरामीको मृर्गौला निकालेर खुलमखुला मानव अंगको तस्करी गर्न लागेको भन्दै तत्काल न्यायिक आयोग बनाएर छानविन गर्न सदन र सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र नेकपा माओवादी केन्द्रका सांसद रामनारायण विडारीले कलेजको विज्ञप्ती, त्यसले विरामीका परिवारसंग गरेको संम्झौता लगायतले अस्पतालले जानी जानी मृर्गौला चोर्ने काम गरेको पुष्टी भएको आरोप लगाए । उनले भने,‘दोषीलाई कारवाही गर्न सरकार र सदनको म ध्यानाकर्षण गराँछु ।

त्यस्तै माओवादी केन्द्रकी सांसद राममाया बोगटीले पनि तत्काल छानविन आयोग बनाउन माग गरिन ।

 



प्रतिक्रिया दिनुहोस्