Logo

७१ औं जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्रले भने,‘राष्ट्रियता कमजोर भएको म टुलुटुलु हेरेर बस्दिन्’



काठमाडौं, २३ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७१ औं जन्मदिन आज धुमधामका साथ मनाएका छन् । उनले जन्मदिनको उपलक्ष्यमा आज एक वक्तव्यपनि जारी गरेका छन् ।

जन्मदिन मनाउँदै गर्दा उनले पछिल्लो समय नेपालको राष्ट्रियता कमजोर भएको भन्दै अब आफू यतिकै चुप लागेर नबस्ने बताएको उनलाई शुभकामना दिन जानेहरुले यस्ते बताएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्रले देश जोगियोस् र विखण्डनमा नलागी सुदृढ राष्ट्रिय एकतातर्फ अग्रसर होस् भन्ने आफ्नो मनोकांक्षा रहेको बताए ।

उनले आफ्नो ७१ जन्मोत्सवको अवसरमा शुक्रबार जारी गरेको बक्तव्यमा “नेपाली हामी रहौंला कहां नेपालै नरहे’ भन्ने सुत्र लेख्दै यो सुत्र स्मरण गर्न सवै नेपालीलाई आग्रह गरेका छन् ।

जन्मदिनको उपलक्ष्यमा जारी गरेको सो बक्तव्यमा हाम्रा पुर्खाले जोडेको र जोगाएको यो देश सदा संरक्षित र सम्बृद्धिको बाटोमा अघि बढोस भन्ने आफ्नो मुल चाहाना र कामना रहेको बताएका छन् । पुर्व राजा शाको वक्तत्यमा आफुले पद, प्रतिष्ठा र प्रशंशाभन्दा पनि निरन्तरका चाहाना शेदभक्ति नै भएको समेत उल्लेख गरेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे 

पुर्व राजा ज्ञानेन्द्र शाहले जन्मदिनको उपलक्ष्यमा जारी गरेको सो बक्तव्यमा हाम्रा पुर्खाले जोडेको र जोगाएको यो देश सदा संरक्षित र सम्बृद्धिको बाटोमा अघि बढोस भन्ने आफ्नो मुल चाहाना र कामना रहेको बताएका छन् । पुर्व राजा शाको वक्तत्यमा आफुले पद, प्रतिष्ठा र प्रशंशाभन्दा पनि निरन्तरका चाहाना शेदभक्ति नै भएको समेत उल्लेख गरेका छन् ।

उनले जन्मदिनको उपलक्ष्यमा आफुलाई शूभेच्छा प्रकट गर्ने, शूभकामना दिने र आस्था, भरोसा भाव राख्नेलाई हार्दिक आभार व्यक्त गर्दै देश जोगियोस्, जोडियोस् र विग्रह विखण्डनतर्फ नलागी सूदृढ राष्टिय एकतातर्फ अग्रसर रहोस् भन्ने आफ्नो मनोकांक्षा रहेको बताएका छन् । उनले यस्तै भावना आम नेपालीमा र खास गरि राष्ट्रका जिम्मेवार जनप्रतिनिधिहरुमा रहोस् भन्ने आग्रह समेत गरेका छन् ।

शाहले राष्ट्रियता, सार्वभौमिकता र राष्टिय एकता कायम गर्न हामी सबै एक जूट हूनू परेको स्मरण गराउदै हरेक पल्ट देश संकटमा पर्दा देशवासीले देखाउने गरेको अभूतपुर्व एकताका सबै सधैं नै तयार रहनू पर्ने जनाएका छन् । पुर्वीय दर्शनले विश्वलाई आकर्षित गरिरहेको बेलामा हामी भने कस्तूरी हराएको मृग झैं शून्यतामा हराई रहेका भन्दै कृयाशिल उर्जा बोकेर बिउंतन ढिला गर्न नहुने बताएका छन् ।

निराशा बोकेर विदेशिएको उर्जा्शिल यूवाशक्तिलाई स्वदेशमै गरि खाने बाटो बनाई दिन उपाय खोज्न पनि दलहरुलार्य उनले स्मरण गराएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्