Logo

दल दर्ता भएसँगै अनिल झाले भने,‘राजपामा अब कुनै विवाद छैन’



काठमाडौं, २३ असार । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आज निर्वाचन आयोगमा दर्ता भएको छ ।

निर्वाचन आयोगको राजपाका सबै शीर्ष नेताहरु पुगेर पार्टी दर्ता गरेका हुन । आयोगले दिएको जानकारी अनुसार दल दर्ता नम्बर ८३६६ रहेको छ । सबै नेताहरु आज अपरान्ह आयोग पुगेर दल दर्ता गरेका हुन् ।

यसअघि तराई–मधेस केन्द्रित ६ पार्टी मिलेर राजपा बनेपनि यो पार्टी दर्ता भएको थिएन। संविधान संशोधन, स्थानीय तहको संख्या वृद्धि लगायत माग पूरा नभएको भन्दै राजपाले पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचन बहिष्कार गरेको छ। राजपाको आन्दोलनलाई नै ध्यानमा राखेर प्रदेश नम्बर २ को निर्वाचन पूर्वनिर्धारित असार १४ बाट असोज २ गतेलाई सारिएको छ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले पार्टीको घोषणपत्रको प्रस्तावनामा गजेन्द्रनारायणसिंह, रामजन तिवारी र रघुनाथ राय सबैको नाम राखिएकोले अब कुनै विवाद नरहेको जिकिर गरे ।

त्यस्तै उनले बाँकी नेताहरुको पनि दस्तावेजमा राखिने सहमति भएको खुलासा गरे । ‘विगतमा मधेश र मधेशीहरुको पक्षमा काम गर्नेहरु नेताहरुको नाम प्रस्तावनमा राखिनेछ,’उनले भने ।

झाले आफ्नो पार्टीले मधेशका साथै मधेश बाहिरका भुगोलमा बस्नेहरुको कमीकमजोरीहरुको कुरा उठाउने, विभेदमा परेकाहरुको पक्षमा अझै ठूला रे बृहत्त एलायन्स बनाएर जाने पनि योजना लिएको जानकारी दिए ।

पत्रकार ऋषि धमलाले तराई मधेश कतिवटा प्रदेश बनाउने तपाईहरुको घोषणापत्रमा उल्लेख गरिएको छ भनेर सोधेको एक प्रश्नमा उनले भने,‘यसबारेमा हामीहरुको पहिलेको अडान जे थियो, त्यही हुन्छ, पूर्नसंरचना आयोगको प्रतिवेदनलाई आधार बनाएर प्रदेशहरुको सिमांकन बनाउनुपर्छ भन्ने हाम्रो अडान हो।
त्यस्तै उनले पार्टीको चुनाव चिन्ह आफूहरुले छाता नै माँगेको जनाउँदै आयोगले उक्त चिन्ह दिनेमा आफूहरु ढुक्क रहेको समेत स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्