Logo

मन्त्रिमण्डल विस्तार टर्यो, असारभित्रै संविधान संशोधन पारित गर्ने कांग्रेस, माओवादी केन्द्र र राजपाको निर्णय



काठमाडौं, २३ असार । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राजपा नेपालवीच यही असारभित्रै संविधान संशोधन प्रस्ताव पारित गर्ने निर्णय गरेका छन् ।

शुक्रबार साँझ भएको तीन तीन पार्टीवीचको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काललाई मन्त्रिमण्डल विस्तारलाई थाँती राखेर पहिले संशोधन प्रस्ताव पारित गराउने वचन दिएका थिए ।
त्यतिमात्रै नभएर देउवाले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनता पार्टीका नेताहरुलाई सबै माग पूरा हुने आश्वासन दिएको बैठकमा सहभागी राजपाका एक नेताले जानकारी दिए ।

राजपाको माँगहर सम्पूर्ण पूरा गर्ने प्रधानमन्त्री देउवाले राजपा नेतालाई ढुक्क हुन पनि आग्रह गरेको राजपाका नेता अनिल झाले पत्रकार ऋषि धमलालाई जानकारी दिए । वार्तामा उपस्थित राजपा नेताहरुले चुनावको वतावरण बनाए मात्रै आफूहरु चुनावमा भाग लिने जानकारी सरकारलाई दिएका थिए ।

राजपा नेपालले आजै निर्वाचन आयोगमा दल दर्ता गरेको थियो । दल दर्ता गरेलगत्तै तीन दलवीच बैठक भएको हो । तर आज कांग्रेस र माओवादी केन्द्र, र कांग्रेस र राजपावीच छुट्टाछुट्टै भेटवार्ता भएको थियो । छलफलमा वार्तामा तेस्रो चरणको चुनावको तयारी थालिसकेको सरकारले राजपाको सबै माग पूरा हुने भन्दै ढुक्क हुन आग्रह गरेको हो ।

पहिलो र दोस्रो चरणको चुनाव बहिष्कार गरेका राजपा नेपालले तेस्रो चरणको चुनावमा भाग लिन्छ कि लिँदैन भनि अन्योल रहेकाबेला सत्ताधारी दल नेपाली काँग्रेस र माओवादी केन्द्रले सो दलसँग स्पष्ट धारणा मागेको थियो । राजपा नेपाल चुनावमा आउन तयार भए सोही अनुसारको तयारीमा लाग्ने सत्तारुढ दलको बुझाई छ ।

सरकारले चुनावको वतावरण बनाउन सके मात्र चुनावमा सहभागी हुने स्पष्ट पारिसकेको बताए ।

वार्तामा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राजपा नेपालका महन्थ ठाकुर, महेन्द्र राय यादव, राजेन्द्र महतो, राजकिशोर यादवको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot