Logo

प्रधानमन्त्री देउवा र राप्रपा नेताहरुवीच भेटवार्ता, संविधान संशोधनमा सहयोग गर्न आग्रह



काठमाडौं, २४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राप्रपाका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका छन् । देउवाले संविधान संशोधनका लागि सहयोग गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा सरकारले राप्रपालाई संविधान संशोधनका लागि लचक हुन आग्रह गरेको हो ।
संविधान संशोधन गरेर राष्ट्रिय जनता पार्टीलाई पनि चुनावमा सहभागि गराउने सरकारको निर्णयका बारेमा प्रधानमन्त्री देउवाले राप्रपालाई जानकारी गराएका थिए ।

चुनावबाट कसैलाई पनि बाहिर नराखि सहभागी गराउन सरकार प्रयासरत रहेको भन्दै प्रधानमन्त्री देउवाले राजपालाई चुनावमा सहभागी गराउने वातावरण बनाउने सरकारको प्रयासमा सहयोग गर्न राप्रपालाई आग्रह गरेका थिए ।

बैठकपछि राप्रपाका अध्यक्ष कमल थापाले संविधान संशोधन गर्नेबारे पार्टी्भित्र छलफल गरेर अघि बढ्ने जानकारी दिए । बैठकमा सरकार विस्तारलगायतका विषयमा पनि सामान्य छलफल भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्