Logo

संसदको म्याद थप्ने सपना नदेख्न देउवा र प्रचण्डलाई ओलीको चेतावनी



विराटनगर, २४ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चालु व्यबस्थापिका संसदको आयु थप गर्ने कुरा कल्पना समेत गर्न नसकिने स्पष्ट पारेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले यस्ता कुरामा नअल्झि आगामी माघ–७ गते भित्र वाँकी सवै निर्वाचन सम्पन्न गर्नेतर्फ दलहरु लाग्नुपर्ने बताएका हुन ।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले मुलुकको हितविपरित आएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा एमालेलाई मान्य नहुने बताए ।

प्रतिपक्षसँग कुनै सल्लाह समेत नगरी सत्तापक्षले जवरजस्ती ल्याएको संसोधन प्रस्ताव एमालेलाई स्वीकार्य नहुने बताए ।उनले संविधान संशोधन प्रस्ताव र्फिता लिएर दलहरुबीच छलफल गरेर मात्र सहमतिमा प्रस्ताव ल्याउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्