Logo

यूगल गजलसाँझ सम्पन्न



काठमाडौं, २५ असार । बाहिर रिमझिम बर्षातले आफ्नै गतिमा धर्ती ताकिरहेको थियो । अनेकौ परिवर्तनका पहाडहरू चढ्दै मुलुकको भविष्य खोजिमा भौतारिएका एक हुल यूवाहरूको लस्कर खुब व्यस्त राजधानीको मुटु बानेश्वरमा रहेको अर्याल होटल ताक्दै थियो ।

अपरान्हको करिब ५ः३० कटि सकेको थियो सायद । मलुकको आमुल परिवर्तनको निम्ति टाउकोमा रातो कफन बाँधेर मृत्युलाई रोज्ने सामथ्र्य राख्ने जागरिला यूवाको अथक मेहनतले मुलुक आज विकासको गोरेमा हिड्दै गरेको कुरा नर्कान मिल्दैन ।

कुसे न्यूज डटकमले ओजना गरेको यूगल गजल साँझले कर्णालीलाई नियाल्ने प्रयास गर्यो । संस्थाका अध्यक्ष साहित्यकार भौतिक मल्लले यो अवसर जुटाएका हुन । कर्णालीका गजलकार संकल्प निर्मोही र गणेश स्पन्दनलाई गजलसाँझमा उभ्याईएको थियो । दुईजना गजलकार बाहेर अरु पाँचजनाका रचना समावेस गरिएको थियो ।

संकल्प निर्मोही र गणेश स्पन्दनले तिन चरण गरेर ८ वटा गजल बाचन गरेका थिए । यूद्धको बाढिबाट आएका यि दुई यूवा गजलकारले राज्य सञ्चालकलाई गजलका सेर मार्फत मुलुक हितको लागि गम्भिर हुने खुल्ला अपिल गरेका थिए ।

अर्को महिना त्रिवेणीसाँझको आयोजना गरिने अध्याक्ष मल्लले जानकारि दिए । जसमा कर्णाली, भेरि र महाकालिबाट एक–एक गजलकारलाई कठघेरामा उभ्याईने आायोजकले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot