Logo

कारागारमा स्वास्थ्य केन्द्र राख्ने योजना अगाडि बढाईएको छ : गृहमन्त्री शर्मा



काठमाडौं, २५ असार । सरकारले कैदीको सङ्ख्याका आधारमा कारागारमा स्वास्थ्य केन्द्र राख्नेसम्बन्धी योजना बढाएको जनाएको छ।

व्यवस्थापिका–संसद्को आईतबारको बैठकमा विनियोजन विधेयक, २०७४ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री जनार्दन शर्माले यस्तो जानकारी दिएका हुन् ।

उनले पुराना कारागारको जीर्णाेद्धार गर्नेसम्बन्धी योजना बनाई सुधार अघि बढाइएको जानकारी गराए । काठमाडौँको ट्राफिक जाम हटाउने सम्बन्धमा काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुखको संयोजकत्वमा समिति बनाई तत्काल काम गर्न पहल शुरु गरिएको जानकारी पनि उनले दिए ।

विनियोजन विधेयकअन्तर्गत मन्त्रालयको शीर्षकमाथिको छलफल यही असार २० गतेदेखि सुरु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्