Logo

ढुङ्गा खसेर मजदुरको मृत्यु



रसुवा, २५ असार । ढुङ्गाले टाउकामा लाग्दा अपर सोमदाङ हाइड्रोपावरमा काम गर्ने एक मजदुरको आज मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख फणीन्द्र प्रसाईंका अनुसार मृत्यु हुनेमा बर्दिया जिल्ला, बार नपा–८ कलवलबारका २३ वर्षीय मोहन अधिकारी रहेका छन् । उनको शव परीक्षणका लागि रसुवा अस्पताल पु¥याइएको छ ।

आज बिहान ९ बजे पार्वतीकुण्ड गापा–१ मा काममा खटिरहेका अधिकारी माथि ढुङ्गा खसेको थियो ।

अधिकारीको टाउकाको तालु र कञ्चटमा गम्भीर चोट लागेको भेटिएको तथा उनलाई अस्पताल पु¥याउनुपूर्व नै मृत्यु भइसकेको पाइएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा प्रतीक्षा खतिवडाले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot