Logo

राष्ट्रपतिलाई किन चाहियो नयाँ विलासी गाडी, देउवाले बजेट स्विकृत गर्लान त ?



काठमाडौं, २५ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ, अध्याधुनिक, विलासीपूर्ण गाडी खरिद गर्नको लागि सरकारसँग आग्रह गरेको खबर बाहिरिएपछि अहिले सामाजिक सञ्जाल राम्रोसँग रँगिएका छन् ।

राष्ट्रपति कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको र सेनाको प्रारम्भिक अनुमान अनुसार राष्ट्रपतिको सवारीका लागि गाडी किन्न १६ करोड रुपैयाँ चाहिने खबर बाहिरिएपछि अहिले राष्ट्रपति भण्डारीको व्यापक आलोचना भैरहेको छ ।

हुन त नेपाली सेनाले केही कार उत्पादन गर्ने कम्पनीसँग गरेको प्रारम्भिक छलफलका आधारमा यति रकम चाहिने भनेर यो निष्कर्ष निकालेको बताइएको छ ।
स्रोतका अनुसार हाल राष्ट्रपतिले चढ्ने गाडी पूरानो र काम नलाग्ने भएपछि उनले आफूहरुलाई नयाँ गाडी चाहिएको भन्दै सरकारसँग माँग गरेकी हुन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले भने,‘राष्ट्रपति चढ्ने गाडी राम्रो हुनुपर्यो नि, अति विशिष्ट व्यक्ति चढ्ने गाडी यस्तो पूरानो हुनुहुँदै, अहिलेको गाडीले त धेरैचोटी धोका दिईसकेको छ।’

यद्धपी राष्ट्रपति कार्यालयले आफूहरुले गाडी चाहियो भनेको भएप्नि कस्तो किन्ने रु कति महँगो किन्ने रु भन्नेबारे कुनै हस्तक्षेप नगरेको दाबी गरेको छ । फेरि शर्माले भने,‘हामीले नयाँ गाडी चाहियो भनेका छौं, तर मारुती दिने की ट्याक्सी दिने कि त्यो सरकारको हातको कुरा हो ।’

यता राष्ट्रपति भण्डारीले भने विदेशी राष्ट्रपति आउँदापनि एउटा राम्रो अध्याअुनिक गाडी चाहिने भन्दै तत्काल गाडी खरिद गर्नुपर्ने बताएकीछिन् । सेनाले कार उत्सादन गर्ने देश र प्रसिद्ध कम्पनीहरुसँग यसबारेमा बुझ्न सूरु गरिसकेको छ ।

राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसँग पैसा माँगेको खबर बाहिरिएपछि पत्रकार ऋषि धमलाले नेपाली सेनाका प्रवक्ता झंकबहादुर कडायतसँग यसबारेमा प्रतिक्रिया लिएका थिए ।

धमलासँगको कुराकानीमा उनले भने,‘नयाँ गाडी किन्ने कुरा भएको हो, सेनाले गाडी किन्ने प्रक्रिया सुरु गरिसकेको छ, कति मुल्यको किन्ने हो यो पनि हामीलई थाहा छैन । ।’ यद्धपी उनले कति मुल्यको गाडी खरिद गरिने हो भन्ने कुरा आफूहरुलाई थाहा नभएको बताए ।

त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलब्ध गराउने भने पनि राष्ट्रपतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै कार्यालयले गत साता रक्षा मन्त्रालयसँग थप १२ करोड रुपैयाँ मागेको आजको नागरिक दैनिकले खबर छापेको थियो ।

राष्ट्रपति कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको हो । सेनाको प्रारम्भिक अनुमान अनुसार राष्ट्रपतिको सवारीका लागि गाडी किन्न १६ करोड रुपैयाँ चाहिन्छ । सेनाले केही कार उत्पादन गर्ने कम्पनीसँग गरेको प्रारम्भिक छलफलका आधारमा यो निष्कर्ष निकालेको बताइएको छ ।

संविधान जारी गरेपछि भण्डारी नेपालको राष्ट्रपति भईन । उनले यो बीचमा भारतको राजकीय भ्रमण गरिन् । त्यसलगत्तै उनले श्रीलंका र बैंककको पनि भ्रमण गरिन् । हालै उनी यूरोपको स्विट्जरल्याण्डको पनि भ्रमण गरिन् । राष्ट्रपति भएपछि उनले आफ्नी कान्छी छोरीको विवाह धुमधामसँग गरिन् । छोरीको विवाहमा उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बोलाईन् ।

विवाहमा शाह आँफै सरिक भए। भुकम्पपछि उनी अध्याधुनिक भुकम्पप्रतिरोधात्मक भवनमा सरेकी छिन् । यो बीचमा उनले थुप्रै आलोचनाहरु समेत खेपेकी छिन् । अहिले गाडी माँगेपछि पनि उनको बारेमा विभिन्न टिकाटिप्पणी सुरु भैसकेको छ ।

राष्ट्रपति भण्डारीले भनेजस्तै विलासी गाडी खरिद गर्नको लागि सरकारले अर्थात् अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले रकम निकासा गर्लान त रु यो अहिले चौतर्फी चासोको विषय बनेको छ । यसअघि पनि देउवाले आफू प्रधानमन्त्री हुँदा सांसदहरुलाई पजेरो र प्राडो दिने व्यवस्था गर्दा उनको देशव्यापी रुपमा विरोध भएको थियो ।

अहिले फेरि उनी १२ वर्षपछि पूनः सत्ताको बागडोर सम्हालिरहेका छन् । अहिले वर्षात्को समय छ । तराई मधेशमा विभिन्न जिल्लाहरु डुबेका छन् ।पीडितहरुले राहत पाएका छैनन् । तर राष्ट्रपतिलाई यति महँगो गाडी किन्नको लागि रकम विनियोजन गर्न सरकार लालायित देखिएको छ ।

PHOTO SOURCE: EFE

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्