Logo

टेष्ट क्रिकेट : दक्षिण अफ्रिकाविरुद्ध इङ्गल्याण्ड २ सय ११ रनले विजयी



काठमाडौं, २६ असार । दक्षिण अफ्रिका विरुद्धको पहिलो टेष्ट क्रिकेटमा इङ्गल्याण्ड २ सय ११ रनले विजयी भएको छ ।

इंग्लण्डको लर्ड्स मैदानमा सम्पन्न टेष्टमा चौथो दिन जितको लागि ३ सय ३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १ सय १९ रन मात्रै बनाउन सक्यो ।

दोस्रो ईनिङमा दक्षिण अफ्रिकाका टेम्भा बभुनाले २१ रन जोड्नुबाहेक अन्य कुनैपनि ब्याट्सम्यानले २० रन पनि जोड्न सकेनन् ।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न इंग्लण्डका मोइन अलीले ६ विकेट लिए । यसअघि पहिलो इनिङमा दक्षिण अफ्रिकामाथि ९७ रनको अग्रता लिएको इंग्लण्डले दोस्रो इनिङमा २ सय ३३ रन बनएपछि दक्षिण अफ्रिकाले तीन सय ३१ रनको लक्ष्य पाएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot