Logo

एक दिवसीय गुरुपूर्णिमा महाउत्सव सम्पन्न 



काठमाडौं, २६ असार । जीवन विज्ञान केन्द द्वारा गुरुपुर्णिमाको शुभ अवसरमा पवित्र स्थल पशुपति परिसरको माधवराज सुमार्गि स्मृति भवनमा गुरुपूर्णिमा महाउत्सव सम्पन्न भएको छ ।

आषाढ २५, २०७४ मा सञ्चालित समारोहमा नेपाल सरकारका आदरणीय मुख्य सचिव डा. सोमलाल सुवेदीज्यूको प्रमुख आतिथ्यमा भएको हो ।

त्यसैगरी विशेष अतिथिका रूपमा सुप्रसिद्ध हाँस्यकलाकार शिताराम कट्टेल, सुप्रशिद्ध गायक रामकृष्ण ढकाल तथा शिशिर योगी, वालज्ञानी गुरु आदित्य दाहाल, वरिष्ठ पत्रकारद्धय विष्णु निष्ठुरी तथा ऋषि धमला, वरिष्ठ गायिका कोमल वली लगायतको उपस्थितिमा भएको हो ।

जीवन विज्ञानका श्रद्धेय गुरुदेव रमेश नेपालले ध्यानको माध्यमबाट हामीभित्रको अन्र्त्निहीत ज्ञान जाग्ने र ध्यानकै माध्यमबाट सम्पन्नता प्राप्तहुने कुरा बताए ।

त्यसैगरी श्रद्धेय गुरुदेव एल पि भानु शर्माले नेपाल परापुर्वकालदेखि अध्यात्मको श्रोत रहेको छ र अब पूर्वीय अध्यात्मको विज्ञानले संसारभरि फैलाउने अभियान सुरुगरेको जानकारी दिए ।

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले आमाबुवापछि आफूले गुरुको सम्मान गर्ने बताए । उनले भने,‘यो धर्तीमा मेरा आमाबुवा हुनुहुन्न, मैले यो देशपछि सबैभन्दा बढि सम्मान गुरुहरुलाई नै गर्ने हो।’

धमलाले पछिल्लो समय नेपाली समाजमा प्रेमको अभाव रहेको समेत चिन्ता व्यक्त गरे ।‘हाम्रो देशमा मनदेखि नै सम्मान गर्ने भाव ह«ोस भएको देखेको छु, भानुजीले अघि सारेको जीवन योग कार्यक्रमलाई म सम्मान गर्छु । जसले गुरुलाई आदर गर्छ, उही सफल हुन्छ । यसमा कुनै दुईमत छैन,’ उनले अघि भने,‘आज हामीले उहाँहरुलाई सम्झिन सकेनौं भने हाम्रो जीवनको के अर्थ हुन्छ ? त्यसैले हामी सबैले गुरुहरुलाई आदर, सम्मान र प्रेम गर्न सिक्नुपर्छ ।’’

उनले आजको दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाउनुपर्नेमा जोड दिए ।जीवन विज्ञान केन्द्र एक अत्याधुनि आध्यात्मिक केन्द्र हो ।

हरेक व्यक्तिमा अन्र्त्निहित ऊर्जा, क्षमता तथा रचानात्मक शक्तिको पहिचान गर्न जीवन विज्ञानले विभिन्न तालीम कार्यक्रम सञ्चालन गर्दछ ।यस केन्द्रका कार्यक्रमहरू नेपाल, भारत, जापान, मलेसिया र अमेरिकाका विभिन्न स्थानमा सञ्चालित भएका छन । जसबाट हालसम्म १,००,००० भन्दा बढी व्यक्तिहरूले लाभ लिइसकेका छन् । जीवन विज्ञान केन्द्रमा हरेक दिन ध्यान, योग र भक्तिका कार्यक्रमहरू सञ्चालन गरिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot