Logo

अर्जुनधारा नगरपालिकामा एमाले विजयी



cpn-uml-1

काँकडभिट्टा (झापा), २६ असार । झापाको अर्जुनधारा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेकपा एमाले विजयी भएको छ ।

एमालेका हरि राना १३ हजार ८७९ मत ल्याएर प्रमुखमा निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हेमराज खरेलले नौ हजार ६४१ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, उपप्रमुखमा एमालेका कमला आचार्य १२ हजार ८३१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका उम्मेदवार सरस्वती सिटौलाले १० हजार ५७९ मत प्राप्त गर्नुभएको छ । एघार वडा रहेको अर्जुनधारामा आठवटामा एमाले विजयी भएको छ ।

एमालेबाट वडा नम्बर १ मा गजाधर खतिवडा एक हजार १७५, वडा नं २ मा रघुनाथ खनाल ९५७, वडा नं ४ मा दुर्गाप्रसाद दाहाल एक हजार ११८, वडा नं ५ मा ध्यानबहादुर भारती एक हजार १६४, वडा नं ६ मा लोकनाथ गौतम ७८८, वडा नं ९ मा पुष्पकुमार प्रसाईं एक हजार २२९, वडा नं १० मा बलदेवसिंह गोम्देन एक हजार १७८ र वडा नं ११ मा भैरवबहादुर खड्का एक हजार ४८९ मतसहित विजयी हुनुभएको छ ।

बाँकी तीनवटा वडामा नेका विजयी भएको छ । नेकाबाट वडा नं ३ मा जीवनकुमार भण्डारी एक हजार २२७, वडा नं ७ मा नवराम ढुङ्गाना ९४२ र वडा नं ८ मा गोपीचन्द्र गौतम ९७४ मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । झापामा यसअघि नै सबै गाउँपालिका र नगरपालिकाको परिणाम आइसकेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot