Logo

बन्दका कारण विद्यालय प्रभावित



काठमाडौँ, २७ असार । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका कारण राजधानी उपत्यकाका निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

बन्दबाट सवारीसाधन आवागमनमा खासै असर नपरे पनि विद्यालयले सुरक्षाका कारण बिदा दिएको पाइएको छ । निजी तथा आवासीय विद्यलाय अर्गनाइजेन प्याब्सनका महासचिव राजेन्द्र बानियाँले पहिलो त्रैमासिकको परीक्षापछि बिदा भएका कारण कतिपय विद्यालय स्वतः बिदा रहेको जनाउनुभयो ।

सो पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष लालबहादुर तामाङले आफ्ना कार्यकर्ताको पक्राउ र निजी विद्यालयको चर्को शुल्क फिर्ता नभएका कारण बन्द आह्वान गर्नुपरेको बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot