Logo

तामाङ्लाई मुख्यसचिव बनाउने प्रस्ताव !



काठमाडौं, २७ असार । मुख्यसचिव पद त्यागेर डा. सोमलाल सुवेदी एशियाली विकास बैंक (एडीबी) मा जाने भएपछि उनले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै भोलि राजिनामा दिने जानकारी गराएका छन् ।

सुवेदीले प्रधानमन्त्री देउवालाई भेटेरै यस्तो जानकारी गराएपछि अब निजामती सेवाको सर्वोच्च पदमा को पुग्ने भन्नेबारे आजैबाट बहस सुरु भैसकेको छ । गत ०७२ साल साउन २० गते मुख्यसचिव भएका सुवेदीको कार्यकाल ०७५ सालसम्म छ । उनी त्यसलाई त्यागेर आउँदो साउन १ देखि मनिलास्थित एडीबी केन्द्रीय कार्यालयमा हाजिर हुनेछन् । त्यसैको पूर्वतयारीका लागि उनले भोलिसम्म राजीनामा दिनेबार प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

स्रोतका अनुसार मुख्यसचिव सुवेदीले आज प्रधानमन्त्रीलाई भेटेर भोलि आफूले राजिनामा दिनेबारे जानकारी गराए । त्यतिमात्रै होईन, उनले अब मुख्यसचिव कसलाई बनाउने भन्नेबारे प्रधानमन्त्रीलाई सजिलो समेत भएको भन्दै देउवासँग ठट्टा गरेका थिए ।

उच्च स्रोतका अनुसार मुख्य सचिवका दाबेदारहरुले आजैबाट सक्रियता देखाईरहेका छन् । मुख्यसचिवमा पाँच जना धनबहादुर तामाङ, शान्तराज सुवेदी, शान्तबहादुर श्रेष्ठ, राजेन्द्रकिशोर क्षेत्री र नारायणगोपाल मलेगो दाबेदार हुन् ।

यद्यपि बरिष्ठताको हिसाबले तामाङ पहिलो नम्बरमा पर्छन् । त्यसपछि मात्रै सुवेदी र श्रेष्ठको नम्बर आउँछ । तामाङ ०६९ साल असार २८ गते सचिवमा वढुवा भएका हुन् । सुवेदी र श्रेष्ठ दुबैजना तामाङभन्दा चार महिनापछि सचिव बनेका हुन् ।

तामाङ मुख्यसचिव बन्ने बाटो सुवेदीको राजीनामाले अवसर दिएको हो । ामाङले पाँच वर्षे कार्यकालका कारण यही असार २८ गते अवकाश पाउँदैछन् । त्यसैले तामाङ मुख्यसचिव बन्नका लागि सुवेदीले २८ असारअघि नै राजीनामा दिनुपर्ने थियो । र, प्रधानमन्त्री देउवाले सुवेदीलई भेटेरै यसअघिपनि तत्काल राजिनामा दिन दबाब दिएका थिए ।

देउवाको दबाबकै कारण सुवेदीले भोलि राजिनामा दिने सूत्रहरुले बताएका छन् । सरकारले पनि २८ असारअघि नै तामाङलाई सचिवमा नियुक्त गर्नुपर्ने हुन्छ । त्यसभन्दा ढिलो भए तामाङ मुख्य सचिव बन्ने अवसरबाट बञ्चित हुनेछन् । तामाङ मुख्यसचिव भइहाले पनि ५८ वर्षे उमेर हदका कारण आगामी मंसिरमै अवकाश पाउनेछन् ।

https://reportersnepal.com/2017/06/188881.html#.WWSY24iGPIV



प्रतिक्रिया दिनुहोस्