Logo

पूर्ननिर्माण प्राधिकरणलाई एक खर्ब ४६ अर्ब ९४ करोडको बजेट स्विकृत



काठमाडौं, २८ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बुधबार बसेको बैठकले निजी आवास अनुदान कार्ययोजना २०७६ संशोधनसहित पारित भएको छ ।

प्राधिकरणको आज बसेको बैठकले उक्त कार्ययोजना पारित गरेको छ । पारित कार्ययोजना अनुसार सरकारले एक खर्ब ४५ अर्ब ९४ करोड ४५ लाख बजेट स्विकृत गरेको छ । बैठकमा विगतमा के कति काम भएको भन्नेबारेपनि गम्भिर समिक्षा भएको थियो ।

बैठकमा भुकम्पपछिको पूर्ननिर्माण अन्र्तगत विद्यालय पूर्ननिर्माणको काम भने सन्तोषजनक देखिएको तर घर तथा आवास निर्माणको काम सुस्त देखिएकोबारे चर्चा भएको थियो । बैठकमा सहभागी शिक्षा सचिव शान्तबहादुर श्रेष्ठका अनुसार अहिलेसम्म ४५ हजार घर निर्माण भएको छ । त्यस्तै, एक सय १२ घर निर्माणाधिन रहेको उनले जनाए ।

बैठकमा एमाले उपाध्यक्ष भीम रावलले अघिल्लो सिईओको पालामा नै ६५ हजार घर निर्माण सकिएकोबारे कुरा राख्दा प्राधिकरणका सिईओ डा. गोविन्द पोखरेलले घर निर्माण भएको भए डाटामा भैहाल्थ्यो नि भनेर जवाफ दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot