Logo

२२ वर्षपछि बाबुरामले दिए देउवालाई ठूलो धम्की (पत्रसहित)



काठमाडौं, २८ असार । आजभन्दा ठिक २२ वर्षअघि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ४० बुँदे ज्ञापनपत्र बुझाएका डा. बाबुराम भट्टराईले आज फेरि अर्को ज्ञापनपत्र देउवालाई बुझाएका छन् ।

फरक यतिमात्रै हो कि, त्यतिबेला बुझाईएको ज्ञापनपत्रमा राजनीतिक माँगहरु थिए भने अहिले बुझाएको पत्रमा गोरखा र धादिङ्मा अवस्थिति राष्ट्रिय गौरवको परियोजना बुढीगण्डकी जलविद्युत परियोजनाबारे बुझाएका छन् ।

बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा देउवालाई भेटेर भट्टराईले गोरखामा निर्माणाधीन बुढीगण्डकी आयोजनासम्बन्धी ज्ञापनपत्र बुझाएका हुन् । देउवालाई ज्ञापनपत्र बुझाउँदै भट्टराईले माओवादी जनयुद्ध सुरु हुनु पहिले २०५२ सालमा आफूले ४० बुँदे ज्ञापनपत्र बुझाएको स्मरण गरेका थिए । अहिले फेरि ज्ञापनपत्र बोकेर आएको तर यो विशुद्ध विकाससँग सम्बन्धित भएको भन्दै बुढीगण्डकी आयोजनासँग सम्बन्धित विभिन्न विषय समेटिएको १३ बुँदे ज्ञापनपत्र हस्तान्तरण गरेका थिए ।

देउवाले पनि आफूलाई भट्टराईले त्यतिबेला ४० बुँदे ज्ञापनपत्र फागुन ५ गतेसम्मको अल्टिमेटम दिएर बुझाएको तर १ गतेनै जनयुद्ध सुरु गरेको भन्दै फरक ढंगले प्रस्तुत भएका थिए ।

नयाँ शक्तिले बुढीगण्डकी आयोजनाको निर्माणका लागि अन्तर्राष्ट्रिय प्रतिष्पर्धा गराएर यथाशीघ्र सुपरविजन कन्सल्ट्यान्ट र आयोजना निर्माण कन्ट्रयाक्टर छनोट गरी निर्माण कार्य सुरु गर्न माग गरेको छ।



प्रतिक्रिया दिनुहोस्