Logo

प्रधानमन्त्रीसँग सत्यनिरुपण तथा मेलमिलाप आयोगका टोलीको भेट



काठमाडौँ, २८ असार । प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्यनिरुपण तथा मेलमिलाप आयोगका टोलीले भेटगरी आयोगको ऐन संशोधन गर्नुपर्ने लगायत आयोगको काम कारबाहीका बारेमा जानकारी गराएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज साँझ भएको भेटमा प्रधानमन्त्री देउवाले ऐनमा केके कुरा संशोधन गर्न जरुरी छ त्यसलाई तयार गरेर ल्याउन आग्रह गर्नुभएको भेटपछि आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले पत्रकारलाई जानकारी दिनुभयो ।

उहाँले जिल्लाका शान्ति समितिका सदस्य प्रत्यक्षरुपमा पीडितको सम्पर्कमा रहेको हुँदा आयोगले समितिकै सहयोगमा कार्य गर्नुपर्ने हुँदा समितिलाई भंग नगर्न आग्रह गरेको बताउनुभयो । सरकारले साउन १ गतेदेखि ७५ वटै जिल्लामा रहेका शान्ति समितिलाई भंग गर्ने निर्णय गरेको छ ।

संविधानमा व्यवस्था गरेअनुसार आयोगको समय दुई वर्ष थियो र एक वर्ष थप गर्न सकिने व्यवस्था थियो । दुई वर्ष सकिएर आयोगको समय थप गरेको चार महिना बितिसकेको छ । आयोगले सात महिनामा आफूहरुलाई काम गर्न कठिन पर्ने विषयमा पनि प्रधानमन्त्रीलाई जानकारी गराएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot