Logo

एन्डी मरे विम्बल्डन टेनिसको क्वार्टरफाइनलबाटै बाहिरिए



काठमाडौं, २९ असार । विश्व नम्बर एक ब्रिटिश टेनिस खेलाडी एन्डी मरे विम्बल्डन टेनिसको क्वार्टरफाइनलबाटै बाहिरिएका छन् ।

साविक विजेता मरे २४ औं वरियताका अमेरिकन खेलाडी साम क्वरेसंग पराजित भएका हुन् ।

तीन सेट सकिंदा २-१ ले अघि रहेको अवस्थामा पछिल्ला दुई सेट लगातार गुमाउदै मरे प्रतियोगिताबाट बाहिरिएका हुन् ।

मरे विरुद्धको खेल क्वेरेले ३-६, ६-४, ६-७, ६–१ र ६–१ को सोझो सेटमा जिते । यो खेल हारेसँगै ब्रिटिश खेलाडी मरेले शीर्ष वरियता गुमाउने सम्भावना बढेको छ ।

विम्बल्डन टेनिसकै अर्को खेलमा क्यानाडाका मिलोस राओनिकलाई हराँउदै स्विट्जरल्याण्डका रोजर फेडेरर पनि सेमिफाइनलमा पुगेका छन् ।

राओनिक विरुद्धको खेल फेडेररले ६-४, ६-२ र ७-६ ले जितेका हुन् । यसैगरी लक्जेम्बर्गका जायल्स मुलरलाई हराँउदै क्रोएशियाका मारिन सिलिच र सर्वीयाका नोभाक जोकोभिचलाई हराँउदै चेक गणतन्त्रका टामस बर्डीच पनि सेमीफाईनलमा पुगेका छन् ।

बर्डीच विरुद्धको दोस्रो सेट चलिरहँदा चोटका कारण जोकोभिचले खेल छाडेपछि बर्डीच सेमिफाइनलमा पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot