Logo

भोलिदेखि सुरु हुने अष्टे«लियन शैक्षिक मेला (२०७४) को तयारी पूरा



काठमाडौं, २९ असार । राजधानीको दरबारमार्गस्थित होटेल अन्नपूर्णमा भोलि (असार ३०) गतेदेखि अष्टे«लियन शैक्षिक मेला (२०७४) सुरु हुने भएको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा वन अप प्रा.ली.ले पत्रकार सम्मेलन गरेर भोलिबाट सुरु हुने दुई दिने मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । आयोजकले अष्ट्रेलिया पढ्न जाने विद्यार्थी र अभिभावकलाई मेला अवलोकनका निम्ति आग्रह गरेको छ ।

परिवर्तन भैरहने अष्ट्रेलियाको ऐन, नियम कानुन र शिक्षा प्राणालीका बारेमा जानकारी दिने उद्देश्यले मेलाको आयोजना गरिएको बताउँदै वान अपका प्रतिनिधि गोपाल सिटौलाले भने,‘हामी उच्च शिक्षा अध्ययनको निम्ति अष्ट्रेलिया जाने नेपाली विद्यार्थीको बारेमा गम्भिर छौ, त्यहाँ गईसकेपछि के कस्ता अवसर र चुनौति छन् भन्नेबारेमा मेलामा जनकारी गराउनेछौ।’

त्यस्तै कार्यक्रममा पत्रकार ऋषि धमलाले यो मेलालाई भव्य, सभ्य र बृहत्त बनाउनको लागि आफ्नो तर्फबाट जस्तोसुकै सहयोग गर्नपनि तयार रहेको प्रतिबद्धता जनाए ।

उनले भने,‘यो मेला महत्वपूर्ण छ, नेपाल र अष्ट्रेलियाबीचको द्धिपक्षीय सम्बन्ध निक्कै राम्रो छ, त्यहाँ रहेका एनआरएनएका प्रतिनिधिले नेपाल तथा बाहिर जुनसुकै मुलुकमा समस्यामा परेका नेपालीहरुका निम्ति काम गर्दै आएको छन, अर्को कार्यकालमा पनि अष्ट्रेलियामै बसेर समाज र मुलुकको विकासका निम्ति काम गरिरहेका व्यक्ति नै विजयी हुने विश्वास छ।’

त्यस्तै प्लाटिनम स्पोन्सर प्यासिफिक कलेज अफ टेक्नोलोजीका अध्यक्ष प्रदिप ढकालले अष्ट्रेलियाको भन्दा नेपालका केही कलेजहरू महंगा भएको दाबी गरे ।

उनले भने,‘हामीमा एउटा भ्रम छ, अष्ट्रेलिया लगायत अन्य मुलुकको भन्दा हाम्रै देशमा कुनै विद्यालय महंगा छन्, हाम्रो यो मेलाको एउटै उद्देश्य अष्ट्रेलिया बसेर अध्ययनसँगै जीवन व्यबस्थीत गर्ने क्रममा अनेक संघर्ष गर्नुपर्छ, त्यहाँ पुग्दा के के गर्ने के नगर्ने कहाँ पढ्ने जस्ता कुराका बारेमा हामी जानकारी दिनेछौँ, हाम्रो विद्यालयमा नेपाल लगायत ३५ देशका विधार्थीहरू पढ्छन्, हामीले नेपाली विधार्थीलाई सक्दो सहज तरिकाले पढ्ने वातावरण सिर्जना गर्नेमा हामी छौँ।’

कार्यक्रममा गोपाल सिटौलाले अष्ट्रेलिया शैक्षिक व्यापारमा होमिएको बताए । उनले भने,‘वर्षमा हजारौ विधार्थीहरू लिईरहेको छ, आगामी १० वर्षभित्र १० लाख बिधार्थी भित्र्याउनेमा छ, अन्य देशको तुलनामा नेपाली विधार्थीलाई अष्ट्रेलिया जान अफ्याट्यारो छ, त्यसका बारेमा पनि हामी यो मेलामा जानकारी गराउने छौ।’
आसर ३० र ३१ गते दुईदिनसम्म सञ्चालन हुने मेलाको उद्घाट्न नेपालका लागि अष्ट्रलियन राजदुत पिटर बडले गर्ने आयोजकले जानकारी दिएको छ ।

बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म अवलोकनकर्ताले निःशुल्क सुविधा लिन सक्ने मेलाका संयोजक रबिशंकर झाले जानकारी दिए। त्यस्तै, आयोजकका अनुसार उक्त मेलाको लागि नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०७३ बमोजिम शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा शिक्षा मन्त्रालयबाट स्विकृति प्राप्त भएको छ ।

उक्त मेला अष्ट्रेलियामा रहेको अष्ट्रेलियन एजुकेशन कन्सलट्यान्टस् एलायन्सको प्रस्तुतिमा हुने समेत आयोजकले जनाएको छ । मेलाको पार्टनर सिड्नी मेट्रो कलेज, प्लाटिनम ईस्पोन्सर प्यासिफिक कलेज अफ टेक्नोलोजी, सिल्भर ईस्पोन्सरहरु मा ए वि सि एजुकेशन एण्ड माईग्रेशन, एक्सपर्ट एजुकेशन एण्डा भिसा सर्भिसेस, हिमाअस एजुकेशन कन्सलट्यान्ट र टुर एण्ड ट्राभल पार्टनरमा एभरेष्ट एण्ड टुर रहेको आयोजकले जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot