Logo

प्रधानमन्त्री देउवा तीन दिने भ्रमणको लागि अगष्टमा भारत जाँदै



काठमाडौं, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी अगष्ट १५ पछि भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार देउवाले अबको एक महिनापछि तीन दिनको लागि भारत भ्रमण गर्ने भएका छन् ।

हुन त उनले स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि भारतको औपचारिक भ्रमण गर्ने तयारी भैसकेको थियो । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले हालै भारत भ्रमण गरेका थिए । भारत भ्रमणमा रहँदा उनले प्रधानमन्त्री देउवाको भ्रमणको सम्पूर्ण तयारी गरिसकेका थिए ।

नेपालमा नयाँ प्रधानमन्त्री भएपछि भारत भ्रमण गर्ने प्रचलन रहदै आएको सन्दर्भमा प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन।

उनी आगामी अगष्ट १७, १८ र १९ तारिख गरेर तीन दिन भारत भ्रमण गर्ने तयारी भैसकेको छ। प्रधानमन्त्री देउवाको भारत भ्रमणको सिलसिलामा आफू पनि भारत आउने प्रयास गर्ने भारतीय राजदूत मञ्जिप सिंह पुरीलाई जानकारी गराईसकेका छन्। उपप्रधानमन्त्री महराले आगामी दिनमा नेपाल भारत वीचको सम्बन्ध अझ प्रगाढ हुने बिश्वास व्यक्त गर्नु भएको उनको नीजि सचिवालयले जनाएको छ ।

राजदूत पुरीले परराष्ट्रमन्त्री महरालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारत भ्रमणको निमन्त्रणा दिएको जानकारी गराउँदै त्यस बिषयमा बिचार गरिदिन आग्रह गरेका थिए । सो आग्रहको जवाफमा परराष्ट्रमन्त्री महराले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी गरेका जानकारी दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्