Logo

निर्वाचन आयुक्तहरुसँग प्रधानमन्त्री देउवाले भने,‘ एक हप्ताभित्रै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्छु’



काठमाडौं, १ साउन । निर्वाचन आयोगका प्रमुख आयुक्त, सचिव सहितको टोलीसँगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले एक हप्ताभित्र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुने विश्वास दिलाएका छन ्।

आईतबार प्रधानमन्त्री देउवालाई भेट्न निर्वाचन आयोगको टोली सिंहदरबार पुगेको हो । ‘हामीले अब बाँकी रहेका निर्वाचन समयमै सम्पन्न गर्न आयोग गठन गर्न आग्रह गरेपछि प्रधानमन्त्रीज्यूले यो काम हप्ताभित्र हुन्छ भन्नुभएको छ’ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, ‘हामीले बन्न बाँकी कानुनको कुरा पनि उठाएका छौं।’

आयोग पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले प्रदेशसभा र संसदीय निर्वाचनका लागि आकर्षित हुने र बन्न बाँकी कानुन बनाउन विधेयकहरु ‘फास्ट ट्रयाक’बाट अगाडि बढाइने जानकारी पनि दिए।

त्यस्तै प्रधानमन्त्री देउवाले निर्वाचन क्षेत्र निर्धारण आयोगसँगै सांसदहरुको संख्या समेत नबढ्ने जिकिर गरेका छन् । उनले सांसदको संख्या १६५ नै कायम हुने प्रतिबद्धता जनाएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

उनले आफूहरुले प्रतिनिधि सभाको निर्वाचन हुनुभन्दा तीन महिना पहिला नै निर्वाचन मिति चाहिनेबारे समेत प्रधानमन्त्रीको ध्यानकार्षण गराएको धमलालाई जानकारी दिए ।

जवाफमा देउवाले आयोगका जायज चासोका बारेमा आफू सकारात्मक रहेको आयोगलाई चाहिने सबै कुराहरु उपलब्ध गराउने जनाएका थिए ।

गृहमन्त्री जनार्दन शर्मालाई भेटेर ऐन कानुन निर्माणमा भएको ढिलाईले संघ र प्रदेशसभाको निर्वाचन प्रभावित हुन सक्ने भन्दै सरकारको ध्यानकर्षण गराएपछि प्रधानमन्त्री देउवाले साउन १५ भित्र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुने बताएका हुन् ।

प्रधानमन्त्री र गृहमन्त्रीसँगको छलफलपछि प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले सरकारले प्रदेश र संघको चुनावका लागि आवाश्यक कनुन छिटै दिनेमा आयोग विस्वस्त भएको बताए । यादवले आवाश्यक कानुनका लागि संसदमा विधेयक टेवल भएको र फास्ट ट्रयाकबाट पारित गरेर भएपनि बाटो खोलिने आश्वसन पाएको पनि बताए ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्