Logo

माग पूरा गर्न डा. केसीको फेरि अनशनको घोषणा



काठमाडौँ, १ साउन । चिकित्सा क्षेत्र सुधारका ठोस माग राखेर आफूले बारम्बार सरकारको ध्यानाकर्षण गरे पनि सुनुवाइ नभएको भन्दै डा. गोविन्द केसीले फेरि अनशनको घोषणा गर्नुभएको छ ।

डा. केसीले आज विज्ञप्ति जारी गर्दै आफूले माग पूरा गर्न सरकारलाई असार ३१ गतेसम्मको समयसीमा दिए पनि पूरा नभएको भन्दै साउन ९ गतेदेखि अनशन बस्ने घोषणा गर्नुभएको हो ।

तत्काल माथेमा आयोगको प्रतिवेदनअनुरुप सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता रोक्नुपर्ने, आइओएमलाई स्वायत्तता दिनुपर्ने, सरकारी निर्देशन र अदालतको आदेश अटेरी गर्ने मेडिकल कलेजको सम्बन्धन खारेज गर्नुपर्ने लगायतका माग डा. केसीले राख्नुभएको छ ।

विगतमा झैँ यसपल्ट पनि नागरिकको हरेक तह र तप्काबाट सद्भाव, सहयोग र सहभागिता हुने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot