Logo

सामाखुसीमा डुबेकी बालिका सापकोटालाई महानगरपालिकाको एक लाख बराबरको जीवन विमा



मेयरलाई धमलाको आग्रह : ‘जनताका समस्या समाधान गर्न कञ्जुस्याँई नगर्नुहोस’
काठमाडौं, २ साउन । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफूहरुले काठमाडौंको महानगरपालिकाभित्र देखिएका सबै खाले समस्या समाधान गर्न र विकासको लािग आफूहरुले सक्दो काम गरिरहेको जनाएका छन् ।

त्यस्तै मेयर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र काठमाडौंका सबै खाल्डाखुल्डी पुर्न भनेर हिजो दिएको निर्देशन समेत आफूहरुले जतिसक्दो चाँडो पूरा गर्ने स्पष्ट पारेका छन् ।

सोमबार राजधानीको सामाखुसी चोकमा पानीले भरिएको सडकको नालीमा एक बालिका झुक्किएर डुबेकी थिईन् । तर उनको सकुशल उद्धार भएको थियो । बालिका सत्या सापकोटालाई महानगरपालिकाले एक लाख बराबरको जीवन विमा गरिदिएको छ ।

उक्त कार्यक्रममा सम्बोधन गर्दै मेयर शाक्यले सरकारी निकायहरुवीच नै अधिकारको प्रत्यायोजना ठीक ढंगले नभएको गुनासो पोखे । उनले भने,‘हामीलाई अधिकार नै दिएको छैन, सरकारी निकायहरुवीच अधिकार प्रत्योजना राम्रो भएन, बाँडफाँड सही ढंगले गर्नुपर्छ।’

मेयर शाक्यले सामाखुसी घटनाको जिम्मा आफुले लिने बताउदै यस्ता घटना नदोहोरिउन भन्नका लागि व्यवस्था मिलाइएको बताएका छन् । शाक्यले सडक बनाउँदा पानी बग्ने ठाउँ साँघुरो भएर वर्षातको पानीले निकास नपाउँदा शुक्रबारको घटना भएको बताएका छन् ।

शाक्यले महानगरबासीका हरेक समस्याहरुलाई गम्भीरतापुर्वक लिने र जवाफदेहि ढंगबाट कार्य गर्न प्रतिबद्ध रहेको भन्दै घटना भएको क्षेत्रमा तत्काल स्थलगत अध्ययन गरी जेजे गर्नुपर्ने हो सो समेत गर्ने गरी महानगरपालिकाका प्राविधिक कर्मचारी र नगर प्रहरीलाई जिम्मेवारी तोकी पठाइएको उल्लेख गरेका छन् ।

शाक्यले आगामी दिनमा यस्ता घटना नदोहोरिउन भन्नका लागि पुर्व तयारी र पूर्वाधारहरुको सुधारका कार्यलाई संगसंगै अगाडी लैजाने बताएका छन् ।

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले जनप्रतिनिधिहरुलाई जनताका समस्याहरु तत्काल समाधान गर्नेगरि काम गर्न आग्रह गरेका छन् ।
धमलाले काठमाडौंका सडक तथा ढलहरु काम नलाग्ने अवस्था भएकोले घण्टौं जाम हुने, ढलको समस्या हुने, सवारी अस्तव्यस्त हुने भएकोले यसतर्फसमेत सचेत भएर काम गर्न जनप्रतिनिधिसँग अनुरोध गरे ।

त्यस्तै धमलाले १५ दिनभित्रै खाल्टाखुल्टी पुर्न प्रधानमन्त्रीले दिएको निर्देशन अनुसार नै सबै मिलेर काम गर्नुपर्ने बताए । उनले भने,‘जनताका प्रतिनिधिहरुले मिलेर काम गरौं, कहीँपनि खाल्टाखुल्टी नदेखाउ, म अभियानकै रुपमा बहस चलाउँछु।’

राजधानीको सामाखुसी चोकमा पानीले भरिएको सडकको नालीमा एक बालिका झुक्किएर डुबिन् । डुबेको केही समयमै उनी नालीमा बग्दै केही तलसम्म पुगिन्। उनको सकुशल उद्दार भयो । संयोगले यो दृश्य भिडियोमा कैद भयो। सुशीला मगरले भिडियो कैद गरेकी हुन् । उनले त्यो भिडियो फेसबुकमा अपलोड गरेपछि सामाजिक संजाल र मिडियाहरुमा भिडियो भाइरल बन्यो । त्यसरी सडक छेउको नालीमा झुक्किएर दुर्घट्नामा पर्ने बालिका गुल्मी घर भएकी सामाखुसीबस्ने सत्या सापकोटा । ९ कक्षामा अध्ययनरत बालिका सत्या अहिले सकुशल छिन् ।

मेयर शाक्यले यस्तै किसिमको अर्को घटनामा परी कक्षा ३ मा पढ्ने १० बर्षिया विनिता फुयालको मृत्यु भएको घटना प्रति दुख व्यक्त गर्दै पिडितका परिवारलाई आज भेटी सहयोग गरेका छन् । मृत्तकका परिवारलाई काठमाडौं महानगरपालिकाको तर्फबाट २५ हजार र तार्केश्वर नगरपालिकाको तर्फबाट ५० हजार सहयोग गरिएको हो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीको समेत उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा महानगरपालिकाका कार्यकारी प्रमुख ईश्वरराज पौडेलले पनि उक्त घट्नाको बारेमा दुःख व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot