Logo

एक दर्जन सांसद पशुपतिको पक्षमा, यस्तो छ राणा समूहको तयारी



काठमाडौं, ३ साउन । संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको राप्रपाभित्र अहिले अध्यक्ष कमल थापा र बरिष्ठ नेता पशुपति शमशेर जबरावीचको विवाद यतिवेला उत्कर्षमा पुगेको छ ।

नेता राणाले अध्यक्ष थापालाई चेतावनी नै दिएका छन् । उनले पार्टी अध्यक्ष थापाको पछिल्लो कार्यशैलीलाई लिएर असन्तुष्टिमात्रै पोखेका छैनन, सच्चिनको लागि अल्मिटेम नै दिएका छन् । राणाले अहिले एक दर्जन सांसदहरुलाई होल्ड गरेर राखेका छन् ।

स्रोतका अनुसार एक दर्जन सांसदहरु नेता पशुपतिको पक्षमा उभिएका छन् । कमल थापासँग असन्तुष्ट रहेका सांसद रेशम लामाका अनुसार असन्तुष्ट एक दर्जन सांसदहरु नै अहिले नेता पशुपतिजीको साथमा छन् ।

नेता पशुपतिले भने पार्टीमा ४० प्रतिशत केन्द्रिय सदस्यहरुलाई आफ्नो पक्षमा पार्ने कोशिस गरिरहेका छन् । उनको पक्षमा संसदीय दलका नेता दिपक बोहरा, नेताहरु क्रमशः विक्रम पाण्डे र सुनिलबहादुर थापा समेत उभिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot