Logo

सरकारमा कमल थापाको ‘ईन्ट्री’सँगै साना दल ‘रिङ् आउट’



काठमाडौं, ४ साउन । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रवीच मन्त्रिमण्डल विस्तारबारे हिजो भद्र सहमति भएसँगै सरकार विस्तार भोलि नै हुने भएको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको आन्तरिक छलफलमा मन्त्रालय बाँडफाँडबारे अन्तिम सहमति भएको हो । सहमति अनुसार कांग्रेसले १३ वटा मन्त्रालय, माओवादीले ९ वटा लिने सहमति भएको हो । चौथो ठूलो दल राप्रपाले पनि सरकारमा सहभागी जनाउने सहमति जनाएसँगै साना दलहरु ‘रिङ् आउट’ भएका छन् ।

राप्रपा नआउने भएपछि साना दल प्रायः सहिद भएका छन् । खासगरी साना दलबाट प्रेम बहादुर सिंह र कुमार खड्का मन्त्री बन्ने तय भैसकेको थियो । उनीहरु सरकार विस्तारको मुखमै आएर सरकारमा जानबाट हिस्स परेका छन् ।

राप्रपा अध्यक्ष कमल थापा स्वयम उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुनेभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साना दललाई खासै वास्ता गरेनन् ।

राप्रपालाई ४ वटा मन्त्रालय दिने सहमति भएको कांग्रेसका एक नेताले जानकारी दिए । त्यस्तै विजय कुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमलाई ३ र नेकपा संयुक्तलाई एक मन्त्रालय दिने सहमति भएको छ । संभवतः भोलि नै मन्त्रिमपरिषद विस्तार हुनेछ ।



प्रतिक्रिया दिनुहोस्