Logo

संसद्का विभिन्न समितिका प्रतिवेदन प्रस्तुत



काठमाडौँ, ५ साउन । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा संसद्का विभिन्न समितिका प्रतिवेदन प्रस्तुत भएका छन् ।

अर्थ समितिका सभापति प्रकाश ज्वालाले ‘संघीय आकस्मिक कोष विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७४’, ‘बोनस (पाँचौँ संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७४’ र ‘सहकारी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७४’ पेश गर्नुभयो ।

यसैगरी विधायन समितिका सभापति गंगा चौधरी सत्गौवाले ‘केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७३’ पेश गर्नुभयो । व्यवस्थापिका–संसद्को अर्को बैठक यही साउन ८ गते अपराह्न १३ः०० बजे बस्नेछ । रासस



प्रतिक्रिया दिनुहोस्