Logo

भोलिसम्म मन्त्रिमण्डल विस्तार नगरे ठिक नहुने देउवालाई प्रचण्डको चेतावनी



काठमाडौं, ८ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै मन्त्रिरिषद भोलि नै विस्तार गर्न अल्मिेटम दिएका छन् ।
आईतबार विहान प्रत्रानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रचण्डले यस्तो अल्टिमेटम दिएको स्रोतको दाबी छ ।

सरकार बिस्तारबारे आइतबार बिहान प्रधानमन्त्री देउवासँग आफूले छलफल पनि गरेको प्रचण्डले जनाएका छन् । देउवा प्रधानमन्त्री भएको दुई महिना वित्नै लाग्दापनि अहिलेसम्म सरकार विस्तार नहुनु दुःखद् भएको उनको गुनासो थियो । देउवालाई दाहालले तत्काल मन्त्रिपरिषद विस्तार नगर्ने हो भने लाज हुने समेत बताएका थिए ।

यता देउवाले भने जवाफमा आफू यसबारेमा गम्भिर रहेको र जतिसक्दो चाँडै अर्थात भोलि नै मन्त्रिपरिषद विस्तार गर्ने वचन प्रचण्डलाई दिएका थिए ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘आज बिहान पनि उहाँलाई (प्रधानमन्त्री शेरबहादुर देउवालाई) भेटेर अब त गरिहाल्नुर्पयो भनेपछि भोलि गर्ने भन्नुभाछ । उहाँको बैठक आज सकिन्छ रे । भोलि मन्त्रिमण्डल बिस्तार गर्ने कुरा छ ।’

यसअघि कांग्रेस र माओवादीबीच असार ४ गते मन्त्रिपरिषद बिस्तार गर्ने समझदारी भएको तर चुनाव नजिकिएपछि र कांग्रेसमा छलफल गर्न बाँकी छ भनेपछि पछि धकेलिएको उनले बताए ।
माओवादी केन्द्रका अधिकांश नेताहरुले कांग्रेसकै कारण सरकार विस्तारमा ढिलाई भैरहेको बताउँदै आएका छन् । कांग्रेसमा पार्टी सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलवीच मन्त्रालय भागबण्डामा कुरा मिल्न सकेको छैन ।

देउवा प्रधानमन्त्री भएको यतिका दिन वितिसक्दापनि सरकार विस्तार हुन नसक्नु अत्यन्तै लाजमर्दो भएको उल्लेख गर्दै प्रचण्डले भोलि नै मन्त्रिमण्डल विस्तार गर्न देउवालाई अल्टिमेटम दिएका छन् । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,“मन्त्रिमण्डल विस्तार गर्न तपाईलाई केले रोकेको हो, अब पनि ढिला गर्नुभयो भने लाज पच्छ, त्यसैले भोलि नै गर्नुहोस, यदि साँच्चिकै यसरी नै ढिलाई गर्ने हो भने ठिक हुँदैन।”



प्रतिक्रिया दिनुहोस्