काठमाडौं, ८ साउन । मन्त्रिमण्डल विस्तारबारे अन्तिम तयारीमा जुटेका प्रधानमन्त्री शेरबहादुर देउवाले आजमात्रै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
आईतबार विहानमात्रै प्रचण्डसँग देउवाले मन्त्रिमण्डल विस्तारबारे अन्तिम छलफल गरेका हुन् । भेटमा प्रचण्डले आफूहरु तयारी अवस्थामा रहेकाले अब पनि ढिलाई गर्न नहुने धारणा राख्दै देउवाको ध्यानाकार्षण गराएका थिए ।
प्रचण्डसँगको भेटवार्तापछि देउवाले पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलसँगपनि भेटर्वाता गरेका थिए । उनले पौडेल पक्षबाट आजै नाम दिन समेत नेता पौडेलसँग आग्रह गरेका छन् ।
त्यस्तै उनले राप्रपाका अध्यक्ष कमल थापासँग पनि मन्त्रिमण्डल विस्तारबारे सहमति खोज्न छलफल गरेका छन् । उनले अध्यक्ष थापासँगपनि नाम माँगेका छन् । स्रोतका अनुसार देउवाले राप्रपालाई ४ वटा मन्त्रालय दिने तयारी गरेका छन् ।