Logo

पत्रकार सम्मेलनमा प्रचण्ड बोल्दै गर्दा नारायणकाजी भुसभुस निदाएपछि…



काठमाडौं, ८ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको साउन २ गतेदेखि जारी बैठक शनिबार मात्रै सकिएको थियो । उक्त बैठकबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलेका थिए । अध्यक्ष प्रचण्डले आज खुलेरै समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राखिरहेका थिए । उक्त पत्रकार सम्मेलनमा भने आज एउटा रोचक दृश्य देखियो ।

प्रचण्ड बोलिरहँदा पार्टीका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ भने फुसफुस निदाएका थिए । उनी मञ्चमै यसरी निदाएपछि दाहालले उनीतिर बाँगो आँखाले हेरेका थिए । जब दाहालले श्रेष्ठलाई घोरेर हेर, तबमात्रै श्रेष्ठ ब्युँझिएका थिए । यो दृश्य माओवादी नेताहरुले समेत राम्रोसँग हरेको थिए । नेताहरुले मात्रै पत्रकार सम्मेलनमा पुगेका पत्रकारहरुले समेत नेता श्रेष्ठलाई राम्रोसँग मार्क गरेका थिए ।

आजको बैठकमा बोल्दै अध्यक्ष पुष्पकमल दाहालले अब कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुको विकल्प नभएको बताए छन् । पार्टी सचिवालयको विस्तारित बैठकले गरेका निर्णय सार्वजनिक गन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादी केन्द्र प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रणालीको पक्षमा जनमत निर्माण गर्न हात धोएर लाग्ने बताए ।

साउन २ गतेदेखि जारी बैठक शनिबार मात्रै सकिएको थियो । पत्रकार सम्मेलनमा दाहालले अहिलेको निर्वाचन प्रणालीले देश गुण्डा र तस्करहरुको हातमा पुग्ने खतरा देखिएको औँल्याउँदै कार्यकारी राष्ट्रपति र संसदीय प्रतिनिधित्व समानुपातिक हुनु पर्नेमा जोड दिए ।

दाहालले भने, ‘पहिले दलित, गरिब तथा पीछडिएका वर्गले चुनाव लड्ने अवस्था थिएन । अहिले आएर मध्यम वर्गले पनि चुनाव लड्ने अवस्था रहेन । अब त पैसा खर्च गर्नेले मात्र चुनाव जित्ने देखियो

। यस्तै, हो भने देश गुण्डा तस्करहरुको हातमा जाने खतरा छ । अब कार्यकारी राष्ट्रपतिय प्रणालीको विकल्प नै छैन ।’ ‘संसदीय व्यवस्था संविधान निर्माणपछिको समृद्धि मार्गमा राजनीतिक अस्थिरता बाधक बन्ने, सत्ता गठबन्धन निर्माणका लागि अस्वस्थ प्रतिस्पर्धा हुने देखिएको जिकिर गर्दै दाहालले प्रत्यक्ष निर्वा्चित कार्यकारीको माग पुनः उठाउने जानकारी दिए । निर्वाचन प्रणालीमा पनि पूर्ण समानुपातिक व्यवस्थालाई राजनीतिक एजेन्डाकै रूपमा अरू दलहरूसँग छलफलका लागि लजाने दाहालको भनाई छ ।

पहिलो संविधानसभामा माओवादी पहिलो हुँदा काँग्रेस–एमाले कार्यकारी राष्ट्रपतीय प्रणालीमा जान सहमत भएको सम्झँदै अध्यक्ष दाहालले दोस्रो संविधानसभामा आफूहरु विजयी भएपछि त्यसबाट पछि हटेको तर्क गरे ।

आफुहरुले कार्यकारी राष्ट्रपति भन्दा हुन्छ भनेको एमाले पछि गएर काँग्रेसले राखेको कार्यकारी प्रधानमन्त्रीको प्रताव मान्न पुगेको दाहालले बताएका छन् । हात्तिवन बैठकमा भएको सहमति पछि गएर भाँडिएको उनको भनाई छ । कार्यकारी राष्ट्रपतीय प्रणाली लागु गर्न सबै पार्टीहरुलाई एक ठाउँमा ल्याउन माओवादीले सडक, सदन र सरकार तिनै तहबाट पहल गर्ने निर्णय गरेको छ ।
आफु राष्ट्रपति हुन नसकेको सम्झँदै उनले भने, ‘काँग्रेस एमालेलाई पहिले राष्ट्रपतिमा प्रचण्डले जित्ने भन्ने डर थियो । अब त त्यो सम्भावना अहिलेलाई छैन । जित्ने उनीहरुले नै हुन् । अब त काङ्ग्रेस–एमाले पनि मान्लान् कि ?’ यति भन्दा पत्रकारबीच हाँसोको फोहोरा छुट्यो ।

आफुहरुले कार्यकारी राष्ट्रपतिको जनमत सिर्जना गर्न अभियान थाल्ने र यदी दलहरु सहमतिमा नआए आन्दोलन गर्न पनि पछि नपर्ने पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले बताएका छन् । यस्तै, दाहालले माओवादी केन्द्रको बैठकले बाबुराम भट्टराई, मोहन वैद्य र विप्लव समूहसँग पुनः एकिकरणको प्रस्तावलाई अगाडि बढाउने संकल्प लिएको जानकारी समेत दिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot