Logo

पार्टी एकताबारे प्रचण्डको प्रस्ताव बाबुराम, बैद्य र विप्लवद्धारा ठाडै अस्विकार



यस्तो छ एकता हुन नसक्नुको कारण 
काठमाडौं, ९ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै माओवादी पार्टीहरुलाई एकतामा आउन आह्वान गरेको भोलिपल्टै माओवादी पार्टीका नेताहरुले प्रचण्डको प्रस्तावलाई अस्विकार गरेका छन् । उनीहरुले प्रचण्डको उक्त प्रस्ताव अस्विकारमात्रै होईन, असंभव रहेको समेत दाबी गरेका छन् ।

हालै सम्पन्न पार्टीको केन्द्रिय कार्यालय बैठकमा अध्यक्ष प्रचण्डले यस्तो प्रस्ताव गरेका थिए । माओवादीमा विस्तार–विस्तारै भन्ने नहुने भन्दै उनले भने, फुट्दा पनि लगातार फुट्ने र जुट्दा पनि १० वटा पार्टी जुटेर संकेत देखाएका छौं ।’ उनले पार्टी एकतामा आउन पूर्व सहकर्मीहरुलाई आहृवान समेत गरेका थिए ।
प्रचण्डको एकता आह्वानलाई पूराना नेता मोहन बैद्य नेतृत्वको माओवादी, डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले ठाडै अस्विकार गरिदिएका छन् ।

बैद्य माओवादीका बरिष्ठ नेता सिपी गजुरेलले प्रचण्डले भनेको कुरा मान्ने हो भने के–के हुन्छ के–के भन्दै कडा प्रश्न तेर्र्साए । रिपोर्टर्स नेपाल डटकमको जिज्ञासामा उनले अघि भने,‘ प्रचण्डले भनेको कुरा के पूरा भएको छ र ? प्रचण्डको कामै बोल्नेमात्रै हो, अहिले एकताको कुनै संभावना छैन।’

यता विप्लवले पनि विचार नै नमिल्ने दाबी गरेको उनका नजिकका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । उनले भने,‘प्रचण्डले सिद्धान्त छोडिसकेका छन, सिद्धान्तविही पार्टीसँग हाम्रो कुनै एकता हुँदैन्।

मोहन बैद्यले पनि तत्काल पार्टी एकताको संभावना नभएको जिकिर गरे । उनले भने,‘अहिले एकता हुँनै सक्दैन, हामीले यसबारेमा सोचेका पनि छैनौं।’
आजमात्रै पार्टीको बैठकमा नयाँ शक्तिका संयोजक बाबुरामले प्रचण्डको उक्त आह्वानबारे टिप्पणी गर्दै प्रचण्डले आह्वान गर्दैमा केही नहुने धारणा राखेका थिए । नेता देवेन्द्र पौडेलले रिपोर्टर्स नेपाल डटकमसँग भनेका छन्,‘एकताको संभावना टर्यो, अब हुनै सक्दैन।’



प्रतिक्रिया दिनुहोस्

Screenshot