Logo

गृहमन्त्रीको सिफारिशमा सर्वेन्द्र खनाललाई ट्राफिक प्रमुखको जिम्मेवारी



काठमाडौं, १० साउन । गृहमन्त्री जनार्दन शर्माको सिफारिशमा महानगरीय ट्राफिक महाशाखा प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल आएका छन् ।

गृहमन्त्री शर्माको ठाडो आदेशमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले डीआईजी मिङमार लामालाई हटाएर खनाललाई उक्त जिम्मा दिएका हुन् । लामालाई भने केन्द्रीय ट्राफिक प्रहरी निर्देशनालयमा पठाइएको छ ।

गृहमन्त्री शर्माले आफूजस्तै ‘स्टे«ट फरवार्ड’ काम गर्न सक्ने क्षमता देखेर खनाललाई उक्त जिम्मेवारी दिएको स्रोतको दाबी छ । खनालले आजैबाट पदभार सम्हालेका छन् । उनले काठमाडौंको अस्तव्यस्त जाम तत्काल हटाउनेगरि आफू मातहातका अफिसरहरुलाई निर्देशन दिईसकेका छन् ।

अपराध महाशाखाबाट सरुवा भएपछि एसएसपी खनाल आईजीपीको कार्यालयमा थिए । हालै भएको एसएसपी बढुवा सिफारिस खनाल पहिलो नम्बरमा थिए । खनालले आफू आजैदेखि कार्यालयमा हाजिर भएको बताए ।

खनालले पदभार सम्हाले लगत्तै एक हप्ताभित्रै उपत्यकाको सम्पूर्ण टा«फिक अस्तव्यस्त सुल्झाउन कडा निर्देशन दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्