Logo

राष्ट्रियताको विषयमा मसालको चिन्ता



बुटवल, १० साउन । नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि खतरा बढ्दै गएको बताउनु भएको छ ।

अर्धभूमिगत नेकपा (मसाल)को पाँचौँ राष्ट्रिय भेलाले गरेका निर्णय सार्वजनिक गर्न नेता सिंहले आज जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रियताको विषयमा चिन्ता गर्नुभएको छ । भारतीय पक्षको योजनाअनुसार नै संविधानमा संशोधन गर्न लागिएको नेता सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संसद्मा प्रस्ताव गरिएको संविधानको दोस्रो संशोधन विधेयकका विरुद्व एकताबद्व हुनुपर्नेमा जोड दिँदै आफ्नो पार्टी संविधान संशोधनको विपक्षमा रहेको स्पष्ट पार्नुभयो । उहाँले एकै पटकमा हुनुपर्ने स्थानीय तहको निर्वाचन चरणबद्ध रूपमा गर्ने कार्य आपत्तिजनक भएको समेत बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्