Logo

जहाँ २ नबज्दै अस्पताल छाड्छन् चिकित्सक : ‘गरिबको अस्पताल भनेको त होईन रहेछ’



काठमाडौं ११ साउन । बेगनासतालकी नारायणी भण्डारी पोखरा क्षेत्रीय अस्पतालमा गर्भ जाँचका लागि पुगिन् । २५ रुपैयाँको टिकट लिएर सोमबार विहान ११ बजे प्रसुति वार्डमा गएपछि चिकितसकले रतग र पिसाव परीक्षण गर्न भने ।

प्रयोगशालाले २ बजे रिपोर्ट लिन आउनु भनेकाले साहीअनुसार गरिन् । सबै रिपोर्ट लिएर वार्डमा पुग्दा चिकित्सकले हेर्न मिल्दैन, देखाउने हो भने ४ सय रुपैयाँको टिकट लिनुपर्छ नभए अर्को दिन आउनु भनेपछि उनी र श्रीमान किासनप्रसाद लामिछाने निरास भए ।

भनसुन गरे, केही नलागेपछि दम्पतीले कास्की प्रशासनमा गएर समस्या बताए । गरिबको अस्पताल भनेको त होईन रहेछ, दम्पतीले भने, विरामीको समय र संवेदनशीलतामाथि खेलवाड गरियो । यो सरासर अन्याय हो । अस्पतालले यसमा सुधार गर्नुपर्छ ।, यो खबर आजको कान्तिपुरमा छ ।



प्रतिक्रिया दिनुहोस्