Logo

देउवा मन्त्री कसलाई बनाउने भन्नेबारे नाम छान्दै र काट्दैमा व्यस्त



काठमाडौं, ११ साउन । मन्त्रिमण्डल विस्तारको अन्तिम तयारीमा जुटेका प्रधानमन्त्री शेरबहादुर देउवा कसलाई मन्त्री बनाउने भन्नेबारे अहिले आन्तरिक छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकट केही नेताहरुसँगको गोप्य भेटवार्तामा उनले केही नेताहरुको नाम राख्ने र छाँट्ने काम गरिरहेका छन् । देउवासँगै छलफलमा पूर्व रक्षामन्त्री बालकृष्ण खाँड रहेका छन् ।

त्यस्तै बरिष्ठ नेता रामचन्द्र पौडेलपनि छलफलमा सहभागी रहेको स्रोतको दाबी छ । देउवा र पौडेलले ४÷४ मन्त्रालय राखेका छन् । त्यस्तै खुमबहादुरख खड्का र कृष्ण प्रसाद सिटौलालाई एक एक मन्त्रालय दिएका छन् ।

आफ्नै पाटीमा मन्त्रालय विवाद मिलाउन नसक्दा सरकार विस्तार लम्ब्याएका देउवाले काँग्रेससहित सत्ता साझेदार दलका नेतालाई सरकारमा सहभागी गराउन लागेका हुन् ।

देउवाले आज १९ जना मन्त्री थप गर्ने तयारी गरेका छन् । हिजो राति पाटीभित्रको मन्त्रालय संख्या विवाद मिलाएपछि प्रधानमन्त्री देउवाले आज सरकार विस्तार गर्न लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्