Logo

रामचन्द्र पौडेल र कोइराला समूहद्धारा सपथ समारोह नै बहिष्कार !



काठमाडौं, ११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले आज कांग्रेसबाट १० र माओवादी केन्द्रबाट ६, नेपाल लोकतान्त्रिक फोरमबाट दुई र नेकपा संयुक्तबाट एक गरि १९ मन्त्रीहरुलाई सरकारमा समावेश गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति कार्यालय शितलनिवासमा सपथ गराईएको थियो । उक्त सपथ समारोहमा कांग्रेका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु कोही पनि उपस्थिति भएनन् । नेता पौडेलमात्रै नभएर महामन्त्री डा. शशांक कोइराला, नेताहरु क्रमशः शेखर कोइराला, सुजाता कोइराला पनि उपस्थित भएनन् । स्रोतका अनुसार पौडेल समूहले आजको सपथ ग्रहण समारोहलाई बहिष्कार नै गरेको हो ।

कांग्रेसको तर्फबाट बुधबार मन्त्रिमण्डलमा समेटिएका ९ जना पुरुष मन्त्रीमध्ये ८ जनाले दौरा सलवार र नेपाली टोपी लगाएर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिए ।
तर अन्तिम क्षणमा चौतर्फी दबाब दिएर मन्त्रिमण्डलमा पर्न सफल खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले भने आफ्नै भेषभुषा अनुसार कुर्ता सलवारमा नै पद तथा गोपनियताको सपथ लिए।

दौरा सलवार र नेपाली टोपी विगतमा नेपालको राष्ट्रिय पोशाकको रुपमा रहेपनि पछिल्लो राजनीतिक परिवर्तन पश्चात नेपालको आफ्नो राष्ट्रिय पोषाक अहिलेसम्म तय हुन सकेको छैन। तर दौरा सलवार र नेपाली टोपीले विश्वभर नै बेग्ले पहिचान बनाएको छ।

 



प्रतिक्रिया दिनुहोस्