Logo

अनशनरत डा. केसीसँग वार्ता गर्न सरकारद्धारा तीन सदस्यीय वार्ता टोली गठन



काठमाडौं, १२ साउन । सरकारले डा. गोविन्द केसीको माग सम्बोधनको लागि तीन शिक्षा सचिवको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

सरकार बिस्तारपछि पहिलोपटक आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गरेको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने,‘ ‘चिकित्सा शिक्षाका विषयमा डा. केसीले उठाएका माग महत्वपूर्ण भएकोले, समस्या अब फेरि नदोहोरियोस् भन्ने सोचका साथ शिक्षा सचिवको संयोजकत्वमा स्वास्थ्य सविच र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहनेगरि तीन सदसीय वार्ता टोली गठन गरेको छ ।’

माथेमा आयोगको सुझावअनुसार स्वास्थ्य ऐन पारित गर्नुपर्ने, चिकित्सा शास्त्र अध्ययन संस्थानमा डिन नियुक्त गर्नुपर्ने लगायतका माग राख्दै डा. केसीले साउन ९ गतेदेखि आमरण अनसन सुरु गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot