Logo

तीन दिनभित्र पानीको चुहावट नियन्त्रण गर्न निर्देशन



काठमाडौँ, १२ साउन । काठमाडौँ उपत्यकाका २२ स्थानमा खानेपानीको चुहावट नियन्त्रण गर्न र ढल फुट्दा सडकमा बनेका खाल्डा तीन दिनभित्र टाल्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई निर्देशन दिएको छ ।

कार्यालयमा आज भएको सडकसँग सम्बन्धित समन्वय संयन्त्रको बैठकले लिमिटेडलाई पानीको चुहावट नियन्त्रण गरी सडकमा पोखरी बन्ने क्रम रोक्न र ढल निकास विभाग एवं सडक विभागअन्तर्गतका निकायलाई सहयोग गर्न निर्देशन दिएको कार्यालयका आर्थिक तथा पूर्वाधार महाशाखा प्रमुख दामोदर रेग्मीले जानकारी दिनुभयो ।

बैठकमा सडक विभाग, खानेपानी तथा ढल निकास विभाग र लिमिटेडका अधिकारीको सहभागिता थियो । बैठक कार्यालयका सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा बसेको थियो । सडकको खाल्डामा परी एक छात्राको निधन भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले यही साउन १ गते १५ दिनभित्र उपत्यकाका खाल्डा पुर्न सरोकार निकायलाई निर्देशन दिनुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot