Logo

मोसुलबाट विस्थापित अझै आठ लाखभन्दा बढी बाँकी



जेनेभा, १४ साउन । उत्तरी इराकी शहर मोसुललाई सरकारले पुनः नियन्त्रणमा लिएपछि पनि यसअघि त्यहाँबाट विस्थापित भएका करिब ८ लाख ४० हजार व्यक्ति घर फर्किन सकेका छैनन् ।

संयुक्त राष्ट्रसङ्घीय आप्रवासीसम्बन्धी एजेन्सीले शुक्रबार सो जानकारी दिएको छ ।

इराकी सेनाले मोसुल शहरलाई आतङ्ककारीबाट फिर्ता गर्ने क्रममा आतङ्ककारीसँग भएकोे भीषण भीडन्तका कारण ती नागरिक विस्थापित भएका थिए ।

इराकी सरकारी सुरक्षाबलले सो शहर इस्लामिक स्टेट्सको नियन्त्रणबाट कब्जामा लिएपछि हजारौँ जनता अझै पनि अलपत्र परेका सो एन्जेसीले जानकारी दिएको छ ।

इराकको राजधानी बग्दादबाट ४ सय किलोमिटर टाढा पर्ने मोसु्ल शहर सन् २०१४ बाट इस्लामिक स्टेट्स (आईएस) ले कब्जामा लिएको थियो । रासस/सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्