Logo

यसरी संभव भयो देउवा र ओलीवीच एकै चरणमा निर्वाचन गराउने सहमति, निर्वाचन आयोग तयार



काठमाडौं, १४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा सम्पन्न गर्नेबारे सहमति भएको छ ।

शनिबार विहानै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीवीच टेलिफोनमा वार्ता भएको हो । फोनवार्तामा उनीहरुवीच प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्नेबारे सहमति भएको हो । स्रोतका अनुसार उनीहरुवीच आगामी मंसिरभित्रै एकै चरणमा निर्वाचन गर्नेबारे सहमति भएको हो ।

प्रधानमन्त्री देउवा निकट उच्च स्रोतका अनुसार दुई नेताहरुवीच आज लामो कुराकानी भएको थियो । त्यस्तै, दुई नेताहरुवीच संविधान संशोधन प्रस्ताव तत्काललाई थाँती राख्नेबारेमा पनि कुराकानी भएको हो ।

यता निर्वाचन आयोगलेपनि एकै चरणमा निर्वाचन गराउन स्विकृित दिएको हो । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पत्रकार ऋषि धमलासँगको कुराकानीमा एकै चरणमा निर्वाचन गराउनेबारे आयोग तयार रहेको जनाए ।

त्यस्तै एकै चरणमा निर्वाचन गराउनको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि प्रधानमन्त्री देउवाले विशेष कुराकानी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्