Logo

मधेशमा शक्तिसञ्चयको लागि कांग्रेस आक्रमक बन्दै, एमाले रोक्ने दाउमा, संविधान संशोधन नहुने राजपा चुनावमा नजाने



काठमाडौं, १४ साउन । आउने असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा प्रमुख दलहरु केन्द्रित भएर आफ्नो पार्टीलाई जिताउन रणनीति बुन्दैछन् ।
निर्वाच आउन करिब ढेड महिना बाँकी रहँदै प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा व्यस्त छन् ।
प्रमुख दल नेपाली कांग्रेस त झनै मधेशको ईस्युमा आक्रमक तयारीमा उत्रिएको छ । मधेश केन्द्रित योजना बुन्नको लागि मात्रै कांग्रेसले हालै प्रदेश नम्बर २ को राष्ट्रिय भेला बोलाएको थियो । उक्त भेलाले दुई नम्बर प्रदेशको निर्वाचनमा जसरीपनि एक सय सिट जित्नको लागि रणनीति बुन्नेदेखि लिएर यो योजना सफल बनाउनको लागि उक्त क्षेत्रका शीर्ष नेताहरुलाई मिसन पूरा गर्न पार्टी नेतृत्वले निर्देशन दिईसकेको छ ।

सोही अनुसार कांग्रेसले २ नम्बर प्रदेशको निर्वाचनलाई अग्निपरिक्षाको रुपमा लिएको छ । कांग्रेसको एकमात्रै मिसन भनेको नै एक सय सिट जित हाँसिल गर्ने हो । यसको लागि अहिलेदेखि नै जोड घटाउ सुरु भएको छ । नेता विमलेन्द्र निधिले मधेशमा जसरी पनि सय सिट जिताएरै देखाउने आश्वासन पार्टी नेतृत्वलाई दिएका छन् । जसअनुसार निधिले मधेशको मुख्यमन्त्रीपनि आफ्नै मान्छे बनाउने र आफूपनि प्रधानमन्त्री बन्ने चाहना राखेका छन् ।

उनको भनाईमा मधेशका अन्य नेताहरुले टिप्पणी गरेका थिए । नेता रमेश लेखकका अनुसार मधेशमा कांग्रेसले आक्रमक तयारी थालेको छ । उनले भने,‘हामी अब निर्वाचनमा पार्टीलाई हिलो बनाउनको लागि आक्रमक रुपमा नै लाग्छौं।’

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि मधेशमा चुनाव लक्षित गरेर कार्यक्रम अघि सारिसकेको छ । उसले चुनावमा जसरीपनि पार्टीलाई बलियो बनाउनको लागि कोर टिम बनाएर खटाईसकेको छ । कांग्रेसलाई जसरीपनि रोक्ने दाउमा एमाले देखिएको छ ।

त्यस्तै राजपाले भने संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने उद्धघोष गरिसकेको छ । सरकारले संशोधन प्रस्तावलाई यथास्थितिमा निर्णयार्थ पेश नगर्ने तयारी गरेको छ । चुनावपछिमात्रै संशोधन प्रस्ताव पारित गराउने सरकारको तयारी भएकोले राजपाले तत्काल चुनावमा भाग नलिने भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot