Logo

सर्वोच्चको फैसलालाई लिए भरतपुर महानगरका मेयरका प्रत्यासीद्धय ज्ञवाली र दाहालको बेग्लाबेग्लै प्रतिक्रिया, दाहाल भन्छिन् : फैसलाको म पूर्ण स्वागत गर्छु,



ज्ञवाली भन्छन् : ईतिहाँसले निर्मम समिक्षा गर्नेछ
काठमाडौं, १५ साउन । भरतपुर १९ मा पुनः मतदान गर्ने निर्णयलाई सदर गर्ने सर्वोच्चको फैसलालाई लिएर भरतपुर मेयरका उम्मेद्धवारद्धय रेणु दाहाल र देवी ज्ञवालीको बेग्लाबेग्लै प्रतिक्रिया आएको छ ।

सर्वोच्चको फैसलापछि पत्रकार ऋषि धमलाले गरेको कुराकानीमा एमालेबाट मेयरका उम्मेद्धवार ज्ञवालीले यो फैसला दुभाग्यपूर्ण रहेको प्रतिक्रिया दिए । त्यस्तै उनले सर्वोच्चको फैसलाले नागरिक सर्वोच्चता र जनमतलाई अपमानित गरेको समेत गुनासो पोखे ।

यता पार्टी नेतृत्वले पनि सर्वोच्चले आइतबार भरतपुर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको फैसलालाई कडा विरोध जनाएको छ ।

मेयर ज्ञवालीले धमलासँग भने‘आजको फैसला दुर्भाग्यपूर्ण छ, यसको ईतिहाँसले निर्मम समिक्षा गर्नेछ।”

त्यस्तै उनले यसले राजनीतिको अपराधीकरण तथा अपराधको राजनीतिकरणलाई प्रश्रय दिएको छ । नागरिक सर्वोच्चता र जनमतलाई अपमानित गरेको समेत आरोप लगाए ।

आफूहरुलाई भरतपुरका जनताप्रति भरोसा रहेको भन्दै उनले त्यहाँका जनताले आफ्नो जनमतमार्फत नागरिकको सर्वोच्चता स्थापित गर्ने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट मेयरकी उम्मेद्धवार रहेकी दाहालले अदालतको आजको फैसलाको आफूले पूर्ण स्वागत गर्ने र भरतपुरको १९ नम्बर वडाका जनताले न्याय दिने बताईन् ।



प्रतिक्रिया दिनुहोस्