Logo

राजपाले परीणाम स्वीकार गर्ने भएमात्र संशोधन प्रस्ताव निर्णयार्थ पेश गरिन्छ : प्रचण्ड



जनकपुर, १७ साउन । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय जनता पार्टीले चाहेको अवस्थामा संविधान संशोधन प्रस्ताव संसदमा निर्णयार्थ पेश गरिने बताएका छन्।

तत्काल संशोधन प्रस्ताव पारित गराउन आवश्यक दुई तिहाइ बहुमत सत्ता पक्षसँग नभएको अवस्थामा संशोधन प्रस्ताव संसदमा निर्णयार्थ पेश गर्दा पारित नहुने अवस्थाप्रति लक्षित गर्दै दाहालले राजपाले चाहेमात्र संशोधन प्रस्ताव संसदमा निर्णयार्थ पेश गर्ने बताएका हुन्।

मंगलबार जनकपुरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले सरकारले संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत पुर्याएन निकै कोशिस गरेको तर अहिलेकै अवस्थामा संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत पुग्ने अवस्था नदेखिएकोसमेत बताए।

राजपाले भने संशोधन प्रस्तावलाई अब निर्णयार्थ संसदमा पेश गर्नुपर्ने बताउँदै आएको छ। ‘अहिलेसम्म दुई तिहाइ बहुमत नपुग्ने देखियो मात्र भनिएको छ,’ राजापका एक नेताले भने, ‘संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत नपुग्ने विषयमा हामी पनि जानकार छौं। तर कसका कारणले दुई तिहाइ पुग्न नसकेको हो, त्यो कुरा जनताले थाहा पाउनुपर्छ। संसदमा निर्णयार्थ पेश गरेपछि आउने परीणामलाई हामीले पनि स्वीकार गर्नुपर्छ।’

 



प्रतिक्रिया दिनुहोस्