Logo

भरतपुर-१९ मा साउन २० गते पुनः निर्वाचन गर्ने निर्णय



चितवन, १७ साउन ।चितवनको भरतपुर महानगरपालिका वडा नं.१९ मा यही साउन २० गते शुक्रबार मतदान गर्ने निर्णय गरिएको छ ।

भर्खर सम्पन्न सर्वदलीय बैठकले सो निर्णय गरेको हो । निर्वाचन आयोगले तत्काल नयाँ मिति तय गर्न प्रमुख निर्वाचन अधिकृतको कार्यालय भरतपुरलाई निर्देशन दिएको थियो ।

सो निर्देशन पश्चात कार्यालयले आज दिउँसो ३ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्