Logo

किन जाँदैछन् पूर्वराजा ज्ञानेन्द्र शाह बैंकक ?



काठमाडौं, १८ साउन । पूर्वराजा ज्ञानेन्द्र शाह आज थाइल्याण्ड जाने भएका छन् । मुटुमा समस्या देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा ३ दिन उपचारपछि डिस्चार्च भएका उनी परिवारसहित थाइल्याण्ड जान लागेका हुन् ।

यही साउन ४ गते मुटुमा समस्या भएपछि उपचार गराउन उनी नर्भिक अस्पताल पुगेका थिए । पूर्व राजा ज्ञानेन्द्र थाइ एयरवेजको विमानबाट दिउँसो साढे १ बजे थाइल्याण्ड जाने बताइएको छ ।
उनको साथमा पूर्वरानी कोमल र निजी सचिव सागरराज तिमल्सिना तथा केही सहयोगीहरू हुने स्रोतले जानकारी दियो ।

त्यस्तै पूर्वराजा ज्ञानेन्द्र नाती नातीनालाई घुमाउन बैंकक जान लागेको पनि उनी निकट स्रातेले जनाएको छ । सपरिवार थाइल्याण्ड भ्रमणमा लागेपछि पूर्वयुवराज पारस मात्र निर्मल निवासमा बस्ने भएका छन् ।

यसअघिपनि पूर्वराजा बैंकक गएका थिए ।



प्रतिक्रिया दिनुहोस्