Logo

‘प्रदेश नम्बर २ को निर्वाचनअघि नै संशोधन प्रस्ताव पारित हुन्छ’ :  मन्त्री यादव



काठमाडौं, १८ साउन । खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवले असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचन अघि नै संविधान संशोधन प्रस्ताव पारित गराउने समेत जनाए । उनले भने,‘निर्वाचन अघि नै संशोधन प्रस्ताव पारित हुन्छ,

सरकारले अहिले प्रस्ताव पारित गराउनको लागि गम्भिर पहल गरिरहेको छ, हामीले ईमानदार प्रयास गरिरहेका छौं।’ यद्धपी उनले प्रस्ताव पारित नभएपनि मधेशमा हुने चुनाव कुनै पनि हालतमा नरोकिने जिकिर गरे ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले मन्त्री यादवले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको कारणले प्रस्ताव पारित नभएपनि प्रदेश नम्बर २ मा हुने असोज २ गतेको निर्वाचन कुनै पनि हालतमा नरोकिने जिकिर गरे । उनले भने,‘कांग्रेसले शुद्ध मनले संशोधन प्रस्ताव पारित गराउन होमवर्क गरिरहेको छ, हामीले ईमानदार प्रयास गर्दागर्दैपनि प्रस्ताव पारित भएन भने चुनाव चाहीँ रोकिँदैन्।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री यादवले उनले संशोधन प्रस्ताव पारित गराउनको लागि प्रधानमन्त्री शेरबहादुर देउवा लागिपरिरहेको समेत जनाए । उनले भने,‘प्रस्ताव पारित गराउन प्रधानमन्त्री स्वयम आँफैले पहल गरिरहनुभएको छ, सबै दलसँग कुरा भैरहेको छ।’ राजपा नेपाल पनि लोकतान्त्रिक शक्ति भएकोले महत्वपूर्ण उपलब्धिहरुको रक्षा गर्न उसले पनि गम्भिर पहल गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले मन्त्री यादवलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । धमलाले भने,‘छोटो कार्यकाल भएपनि जनताको मन जित्नेगरि काम गर्नुहोस्, परिणाम दिनुहोस, अब भाषणवाजी गर्ने बेला होईन, रिजल्ट ओरियेन्टेड काम गर्नुहोस्।’

मन्त्री यादवले पनि क्लबले आफूलाई सम्मान गरेको भन्दै खुशी व्यक्त गरेका थिए । उनले आगामी दिनमा मिडियासँग सहकार्य गरेर नै अगाडि बढ्ने र आफूले मिडियाको सँधै साथ र सहयोगको अपेक्षा गरेको बताए । उनले थपे,‘ऋषिजीले जुन किसिमको सम्मान गर्नुभयो, यसले मलाई निकै खुशी तुल्याएको छ, साथै थप जिम्मेवारीपनि थपिएको छ।’

 

 



प्रतिक्रिया दिनुहोस्