Logo

भरतपुर महानगरपालिका एमाले मेयर उम्मेदवार देवी ज्ञवालीका छोरा पक्राउ



काठमाडौं, १८ साउन । भरतपुर महानगरपालिकामा एमालेका तर्फबाट मेयर उम्मेदवार देवी ज्ञवालीका छोरा निरभ ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले बुधबार निरभलाई पुतलीसडकबाट पक्राउ गरेको महाशाखाका एसपी प्रकाशजंग कार्कीले जानकारी दिए।

कार्कीका अनुसार ज्ञवालीविरुद्ध भरतपुरमै माओवादी केन्द्रबाट मेयर उम्मेदवार बनेकी रेणु दाहालले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई गाली गलौज गरेको भनेर उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले निरभलाई पक्राउ गरेको हो। पक्राउ परेका निरभलाई अहिले महाशाखामा राखिएको छ।

अब उनलाई साइबर अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot