Logo

यस्तो छ चितवनको पहिलो मतपरिणाम



चितवन २१ साउन । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना जरी रहेको छ । खसेको मतको आधा भन्दा बढी गनिएको छ । १९ नम्बर वडामा बिहानसम्म १२ सय ६ मत गणनामा रेणु दाहालले एक सय ७१ मतले अग्रता लिएकी छन् । पुन मतदानपछि राती साढे ११ बजे बाट शुरु भएको मतगनणमा एमालेका उमेद्वार देवी ज्ञवाली माथि कांग्रेस माओवादी केन्द्र गठबन्धनका उमेद्वार दाहालको अग्रता देखिएको हो । समग्रमा देवी ज्ञवालीको ४१ हजार ४ सय १८ मत रहेको छ भने रेणु दाहालको ४० हजार ८ सय ५ मत रहेको छ । ज्ञवाली ५ सय १२ मतले अगाडी हुनुहुन्छ । १९ नम्वर वडाको मत गनेर २० नम्वर वडाको सुरु गर्ने तयारी छ ।

१९ को वडा अध्यक्षमा कांग्रेसका उमेद्वार ८५ मतले अगाडी हुनुहुन्छ । अन्य पदमा पनि कांग्रेस उमेद्वारहरुको अग्रता छ ।

पहिलो चरणको मतगणनाका क्रममा गएको जेठ १४ गते राती माओवादी प्रतिनिधिले मत्रपत्र च्यातेका थिए । मतपत्र च्यातिएसँगै रोकिएको वडा नं १९ को मतगणना फेरि मतदानपछि सुरु गरिएको हो ।

मतगणनास्थललाई सुरक्षित र व्यवस्थित बनाइएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार कुनै किसिमको समस्या आउन नदिनका लागि मतगणनास्थलमा तीन वटा र बाहिर दुई वटा सिसी क्यामेरा जडान गरिएको छ । मतगणनास्थलमा दलका प्रतिनिधि बस्ने स्थानमा तारजाली पनि लगाइएको छ । भरतपुर महानगरपालिका–१९ मा हिजो भएको मतदानमा ७५ प्रतिशत मत खसेको छ । जम्मा ३७९७ मतदाता रहेको भरतपुर–१९ मा २८८७ मत खसेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot