Logo

ओली फकाउँदै देउवा, भारत भ्रमणमा जानुअघि नै एमालेकै समर्थनमा संशोधन प्रस्ताव पारित गराउने तयारी



काठमाडौं, २२ साउन । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणमा जानुपुर्व नै संविधान संशोधन प्रस्ताव पारित गराउने रणनीतिमा लागेका छन् ।

प्रधानमन्त्री देउवा भदौको पहिलो साता पहिलो भारत भ्रमणमा जाने भएका छन् । भारत जानुपुर्व नै संशोधन प्रस्ताव पारित गराउनुपर्ने राजपाले माँग राखेपछि प्रधानमन्त्री देउवाले यसको लागि नयाँ रणनीति बुनेका छन् । जसअनुसार उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फकाईरहेका छन् ।

देउवा निकट उच्च स्रोतका अनुसार उनले हिजोमात्रै आफू निकट उच्च नेताहरुसँग गम्भिर सरसल्लाह गरेका थिए । कांग्रेस प्रभावशाली नेताहरु विमलेन्द्र निधि, रमेश लेखक लगायतका नेताहरुसँग देउवाले एमालेकै सहमतिमा संशोधन प्रस्ताव पारित गराएरै छाड्ने विश्वास दिलाएका थिए ।

उनले एमाले अध्यक्ष ओलीसँगको सहमति कायम राखेर नै संसदमा विचाराधिन उक्त संशोधन प्रस्ताव पारित गराउने नयाँ रणनीति बुनेका हुन् ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगपनि प्रधानमन्त्री दाहालले संशोधन प्रस्तावबारे छलफल गरिरहेका छन् ।

उनले असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचन अघि नै संशोधन प्रस्ताव पारित गराउनेबारे प्रचण्डसँग छलफल गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot